बुटवल ३२ साउन
रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सप्तरीमा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जिप अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका –११ बक्साह चोकमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा सवार रुपन्देहीका पत्रकार अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मनोज यादवले बताउनुभयो ।
पत्रकार अधिकारी रेडियो नेपाल र इलोगन अनलाईमा कार्यरत थिए ।
दुर्घटनामा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कँडेल, वडाध्यक्षहरु सोहन चौधरी, टामनाथ पाण्डेय र चालक अशोक भण्डारी घाइते भएका छन् ।
चालक भण्डारी र अध्यक्ष कंडेलको अवस्था गम्भीर रहेको एसपी यादवले बताउनु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार समेत रहनु भएका अधिकारीको परिवारमा श्रीमती , एक छोरी तथा एक छोरा रहेका छन ।
यसैबिच रुपन्देहीमा क्रियाशिल पत्रकार संग सम्बन्धीत संघ संस्थाहरुले अलग अलग शोक विज्ञप्ति जारी गरि पत्रकार अधिकारी प्रति श्रञ्दाजली व्यक्त गरेका छन ।
नेपाल पत्रकार महासंघले पत्रकार डायलसन अधिकारी अकल्पनीय निधनले स्तब्ध भएको जनाएको छ ।. नेपाल पत्रकार महासंघ प्रदेश ५ पत्रकार महासंघ रुपन्देही र प्रेस युनियन रुपन्देहीले छुट्टाछुट्ै विज्ञप्ती जारी गर्दै घटनाबाट असल कलमजीवी गुमाएको उल्लेख गरिएको छ ।. प्रदेश ५ का कार्यवाहक अध्यक्षँ भरत केसी तथा रुपन्देही सचिव रामप्रसाद आचार्य र प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालद्वारा जारी शोक वक्तव्यमा अधिकारीको निधनले स्तब्ध एवं मर्माहत बनाएको उल्लेख गर्दै शोकाकुल परिवाजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका छन । .