Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0
बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो
110
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुक्रबार बुटवलको नयाँगाउँमा सार्वजनिक सुनुवाई भएको छ ।
बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारे नगरवासीलाई जानकारी गराउने र नगरवासीका गुनासा सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा चर्को आवाजमा मोटरसाईकल कुदाउदा निदाउन नपाएकोदेखि सडकबत्तिको महशुलको भार उपभोक्तालाई पारेको गुनासो गरेका थिए ।
सडकमा परेका खाल्डाखुल्डी नपुर्दा दुर्घटनाको जोखिम बढेको गुनासो गर्दै सेवाग्राहीहरूले समयमै खाल्डाखुल्डी पुर्नुपर्ने, बजारका मुख्य मुख्य चोक र सुरक्षा चुनौती देखिएका ठाउँमा हाइमास्ड लाइट र सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने तथा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाउने ब्यवस्था कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सेवाग्राहीहरूले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सिमित स्रोत साधनका बाबजुद आफुहरू नगरवासीलाई अधिकतम सेवा सुविधा प्रदान गर्न लागिपरेको बताउँदै जनस्तरबाट आएका गुनासा र सुझावलाई मार्गदर्शकको रूपमा लिएर अगाडि बढ्ने बताउनुभयो ।
भौतिक पुर्वाधारसँगै मानवीय संसाधनको क्षेत्रमा बुटवललाई देशकै नमुना शहर बनाउने आफुहरूको योजना रहेको बताउदै नगर प्रमुख पाण्डेयले त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले एक दुई जना जनप्रतिनिधिको पहलले मात्रै बुटवलको मुहार फेर्न सम्भव नहुने भन्दै विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कार्यक्रमको सहजकर्ता बुद्व सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बुटवल उपमहानगरपालिका तथा मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाह बारेको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बुटवल उपमहानगरपालिकाले हिजो बिहीबार आर्थिक बर्ष २०८१÷०८२ को सामाजिक परीक्षण सम्बन्धि प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले अबको बाँकी कार्यकाल अझै उत्कृष्ट बनाउन लागिपर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै उज्यालो, हरियाली, सफा सुग्घर र सुरक्षित बुटवलको अवधारणालाई साकार पार्न सबै जनप्रतिनिधि, कर्मचारी तथा आम बुटवलवासी एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र

Next Post ≫

धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क