Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०८२ · 0
एमाले रुपन्देहीले भोली बुटवलमा जनप्रदर्शन गर्ने, तयारी तीब्र
80
SHARES
ShareTweet

बुटवल । यही कात्तिक २९ गते हुने जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाका लागि नेकपा (एमाले) रुपन्देहीले तयारी तीव्र पारेको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिने जनसभालाई ऐतिहासिक बनाउने उद्देश्यसहित सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ । उहांले भन्नुभयो–“जिल्लाभरिका जनताको सहभागिताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”
कात्तिक २९ गते बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको ¥याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुनेछ । पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको छ । हालसम्म तयारीका लागि आयोजित भेला र बैठकहरू सम्पन्न भइसकेका छन् ।
जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीले पार्टीका २३ वटै जनवर्गीय संगठनले त्यस दिनको जनप्रदर्शन र सभामा उत्साहपूर्ण सहभागिता जनाउने बताउनुभयो । “सबै जनवर्गीय संगठनलाई आवश्यक जिम्मेवारी दिइएको छ, त्यसदिनको प्रदर्शन ऐतिहासिक र भव्य हुने छ”–पन्थीले भन्नुभयो ।
जनसभामा जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागी हुन पार्टीले विशेष अपिल गरेको छ । प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलका अनुसार जेनजीको आवाज र माग एमालेले मात्रै संस्थागत रूपमा बोकेर अघि बढाएको छ । उहांले भन्नुभयो–“जेनजीका माग संविधान संशोधनमार्फत मात्र पूरा गर्न सकिन्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य छ, र एमाले त्यसको पक्षमा दृढ छ ।”
सभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्नेछन् । जनप्रदर्शनलाई संगठन सुदृढीकरण र नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने अवसरका रूपमा लिइएको छ । एमाले रुपन्देहीले जनसभालाई शान्तिपूर्ण, अनुशासित र सन्देशमुखी बनाउन सुरक्षादल र ट्राफिक व्यवस्थापनसमेतका विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
एमाले नेतृत्वका अनुसार कात्तिक २९ को जनप्रदर्शनले रुपन्देहीमा राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा जगाउने अपेक्षा गरिएको छ ।

≪ Previous Post

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ३५० सीसीको मेटिएर बाईक लन्चिङ्ग

Next Post ≫

बुटवलमा सार्वजनिक सुनुवाइ : सडकका खाल्डाखुल्डी नपुर्दा दुर्घटना जोखिम बढेको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क