जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।
शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले यादवलाई गोली हानेर फरार भएको थियो । गोली लागेर गम्भीर घाईते भएका यादवलाई स्थानीयले प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएका थिए । प्रहरीका अनुसार अस्पताल पुर्यइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । यादव स्वतन्त्र रुपमा वडाध्यक्षमा निर्वाचित भएका थिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।