Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषि सामाग्रीको आयात रोक्न नेपालमा कृषि उत्पादन बढाउनु पर्नेमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषि सामाग्रीको आयात रोक्न नेपालमा कृषि उत्पादन बढाउनु पर्नेमा जोड

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८२ · 0
कृषि सामाग्रीको आयात रोक्न नेपालमा कृषि उत्पादन बढाउनु पर्नेमा जोड
100
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको समन्वयमा ‘कृषि उत्पादन तथा बजारीकरणमा व्यवसायिक साझेदारी’ विषयमा अन्तरक्रिया गरिएको छ ।
सोमबार राष्ट्रिय खाद्य बैंकका अध्यक्षसहित पदाधिकारी, उद्योगी व्यवसायी र विभिन्न कृषिसंग सम्बन्धित संस्थाका प्रतिनिधिवीच तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको सभाहलमा अन्तरक्रिया गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले नेपालमा विदेशबाट वार्षिक ६ खर्वको कृषि उत्पादन आयत हुने गरेको बताउंदै विदेशी कृषि उत्पादन आयत रोक्नु पर्नेमा जोड दिनुभयो । विदेशबाट आयत हुने कृषि सामाग्री रोक्नका लागि नेपालमा कृषि उत्पादन बढाउनु पर्ने र त्यसका लागि राष्ट्रिय खाद्य बैंकले काम गरिरहेको उल्लेख गर्नुभयो । नेपालाई कृषिमा आत्मनिर्भर गराउनुपर्ने र त्यसका लागि तीनै तहका सरकारहरुलाई कृषिमा आवद्व गराएर कृषि उत्पादन बढाउनुको विकल्प नभएको अध्यक्ष उप्रेतीको भनाई छ । अध्यक्ष उप्रेतीले कृषिलाई सरकारले प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो ।
राष्ट्रिय खाद्य बैंकका सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले देशको अर्थतन्त्र परिवर्तन कृषिबाट हुने बताउनुभयो । कृषिमा लगानी गरे चार महिनाबाट प्रतिफल लिन सकिने उल्लेख गर्दै प्रधानले भन्नुभयो – ‘कृषिबाटै अर्थतन्त्र बलियो बनाउन सकिन्छ । त्यसका लागि कृषिमा लगानी बढाउनु पर्छ र किसानहरुलाई उत्साहित गर्नुपर्छ ।’ उहांले नेपालमा सबै भन्दा बढी सम्भावना रहेको कृषि क्षेत्र नै भएकाले देशलाई आत्मनिर्भर बनाउन सरकारले उद्योगी वयवसायीसंग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।


खाद्य बैंकका संचालक प्रा.डा जीवनाथ धितालले खुल्ला सीमानाका कारण नेपाली किसानहरुले उत्पादन गरेको कृषिले मूल्य नपाएको बताउंदै खुल्ला सीमाना कै कारण बाहिरबाट आउने कृषि सामाग्रीसंग नेपाली किसानहरुले प्रतिष्प्रधा गर्न नसकेको बताउनुभयो । उहांले नेपाली कृषि उत्पादनको बजारीकरण गरेर विदेश निर्यात गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय खाद्य बैंककी प्रवक्ता पवित्रा पोखरेलले राष्ट्रिय खाद्य बैंक, सरकार, किसान र कृषिसंग जोडिएका संस्थाहरु मिलेर कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । उहांले कृषि उत्पादनको नेपालमा बजारीकरण गरेर विदेश निर्यात गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले राज्यले कृषिमा ध्यान दिए कृषिबाट देशलाई आत्मनिर्भर बनाउन सकिने बताउंदै नीजि क्षेत्रले कृषिमा लगानी गर्न सक्ने उल्लेख गर्नुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षता र महासचिव राजन पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, उद्योगी ब्यवसायी चन्द्रमान श्रेष्ठ, रितेस पोखरेल, शालिकराम वस्ती, जीवन भट्टराई, विष्नु शर्मा, रामबहादुर खत्री, भीमराज पन्थीलगायतले खाद्य बैंकले हालसम्म गरेका र आगामी दिनमा कृषकको हितका लागि गर्ने कार्यक्रमका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
किसानलाई उत्पादनमा जोडेर कृषिजन्य उत्पादन बढाउने उद्वेश्यले नेपालमा चार वर्ष अघि राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गरिएको हो । कृषि उत्पादन बढाएर नेपालललाई कृषिबाट आत्मनिर्भर बनाउने गरी राष्ट्रिय खाद्य बैंकले काम गर्दै आईरहेको छ ।

≪ Previous Post

रुपन्देही ३ उपनिर्वाचन : नेकपा एसबाट महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस

Next Post ≫

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : ९ बुँदे प्रतिवद्धता सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क