बुटवल । आगामी कार्तिक १७ मा हुने रुपन्देही ३ को उपनिर्वाचनका लागि नेकपा एसले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।
उपनिर्वाचनका लागि पार्टी जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको प्रदेश उपाध्यक्ष कमल भण्डारीले जानकारी दिनुभयो ।
उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही १ का सहईन्चार्ज विजयलक्ष्मी राय छन् ।