भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरी ल्याउंदै गरेको करिव ३६ बराबरको अबैध सामान बरामद गरेको छ ।
प्रहरीले ३५ लाख ९५ हजार ९६९ रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कर्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ४ पनेनीबाट लु ८ प ८१४३, र युपी ५६ डी २४७० नं., को मोटरसाईकल सहित ३० वटा बोईलर कुखुरा, टपिस पिन ४६ किलो,एसएचआर कोल्ड लेखेको ड्राईबेटर सेट १७ प्याकेट, डिल मेसिन र गियरमा लाग्ने ४६ किलो सामान बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगरन.पा. वडा नं.८ अञ्चलपुर र ओमसतिया गाउँपालिका वडा नं.१ क्यापटेनबाट ना १ ह ७५३९ नं. ई–रिक्सा सहित १६० पिस चार्जर हेड, किराना सामान र ई–रिक्सा चालक जिल्ला दाङ राजापुर गाउँपालिका वडा नं.५ बस्ने वर्ष २८ को सखिफ साइलाई नियन्त्रणमा लिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बाइपासबाट लेडिज सुट २० थान, भित्री बस्त्र कपडा १६८ पिस र प्लास्टिक स्ट्यान्ड १८० थान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनियाबाट लु ६१ प ९१६९, लु ३१ प ५५५९, लु ४२ प ५८६०, लु २३ प ८८१९न.को मोटरसाइकलमा ल्याउदै गरेको बेवारिसे अवस्थामा राखेको चिनी ६ बोरा, सुकेको खुर्सानी ७ बोरा, धनिया ५ बोरा र जिमा मल ४ बाल्टी मोटरसाइकल सहित बरामद गरेको छ ।
प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ५ तरकुल्लाबाट बोईलर कुखुरा १५ पिस बरामद गरेको छ भने प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ झण्डिबजारबाट प्याज ४५० के.जी. बरामद गरेको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ र १३ कालिदहबाट युपी ५५ ए एफ ५५८९ न. को मोटरसाइकल सहित ४ वटा पाडा र १ वटा पाडी, डिएपि÷ युरिया मल ८ बोरा र किराना तथा खुद्रा सामान नियन्त्रणमा लिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहीणी गाउँपालिका वडा नं.४ सेमरहवाबाट ओमसतिया गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २० को बैजनाथ थारूले चलाएको लु २ च ६९०३ र सोही ठाउँ बस्ने बर्ष ४२ को संजय थारुले चलाएको लु २ च ७०१० नं.को बलेरो पिकअपमा बिल बिजक नभएको १० वटा भैसी, पाडा पाडी र पिकअप नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका ३ पर्सिया घाटबाट लु १६ प ३७२२ नं.को मोटरसाईकलमा ल्याउदै गरेको ६ बाल्टिन युरिया मल मोटरसाईकल सहित बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका वडा नं. १ खैराघाटबाट युरिया मल ३ बोरा, इनामेल १ डिब्बा,आलु २ बोरा र तन्ना ३१ थान बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं.२ दुर्गा मन्दिर स्थितबाट युपी ५५ ए पी १६७० नं. को मोटरसाईकलमा ल्याउदै गरेको रेडबुल १९२ पिस र मोटरसाइकल सहित चालक भरत देश उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्ला नौगढ स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं.६ भैयाटोल बस्ने वर्ष २२ को प्रदिप कुमार धरीकार र पछाडी सवार सिद्धार्थनगर नगरपालिका वाड नं. ६ भैयाटोल बस्ने बर्ष २१ को अनिष धरीकार समेतलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पिप्रहवा र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ५ र ६ बाट चालक जिल्ला रुपन्देही रोहिणी गा.पा.६ ललितपुर पकडिहवा बस्ने बर्ष अं.२० मोहमद कैफले चलाएको यु पी ५३ ए डब्लु ३५३३ नं. को मोटरसाईकल सहित बोईलर कुखुरा ४३ पिस बरामद गरेको छ ।