भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको सामान बरामद गरेको छ ।
प्रहरीले जिल्लाका बिभिन्न ठाउंबाट करिव ३ लाख ५० हजार १०० रुपैयाँ बराबरको अबैध सामान वरामद गरी ती सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.३ मेडिकल चोक र रोहिणी गाउँपालिका वडा नं. ७ लक्ष्मीपुरबाट लु ५ प ७२८० र लु १७ प ८६२३ नं.को मोटरसाईकलमा ल्याएंदै गरेको चिनी ६ बोरा, क्याविन स्टार डिएच लेखेको टेवल पंखा, बल्व लाईट र बेसन बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय वेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपासबाट रक्षाबन्धन २ बोरा, काजु ३६ केजी, बदाम १८के.जी, केराउको दाल ३० के.जी. र सुकेको रातो खुर्सानी १० के.जी. बरामद गरेको छ भने प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ७ टिकरबाट वेबारिसे अबस्थामा राखेको ५० के जि चिनी, ३० के. जि. मटर र पियपदार्थ (कोक स्प्राइट) बरामद गरेको छ ।
प्रहरी बिट देबकोटा चोक भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १२ आवारोडबाट लेडिज पाइन्ट १५ थान र लेडिज टप्स १५ प्याकेट कपडा बरामद गरेको छ ।