Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा भोली (बुधबार) रोजगार मेला, चार हजार कढी सहभागी हुने अपेक्षा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा भोली (बुधबार) रोजगार मेला, चार हजार कढी सहभागी हुने अपेक्षा

संसारपोस्ट संवाददाता · १७ असार २०८२ · 0
बुटवलमा भोली (बुधबार) रोजगार मेला, चार हजार कढी सहभागी हुने अपेक्षा
110
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा भोली (बुधबार) बुटवलमा रोजगार मेला हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाका अनुसार रोजगारीको खोजिमा रहेका बेरोजगारलाई रोजगार बनाउन तथा कामदारको आवश्यकता रहेका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानहरूलाई कामदारको आवश्यकता पुर्ती गराउन मद्दत गर्ने उद्वेश्यले रोजगार मेला आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी रोजगार मेलाको तयारी बारे जानकारी गराएको हो ।

एक दिने रोजगार मेला बुटवलको कालिकारनगरस्थित दियालो फुडल्याण्डमा बिहान १० बजेदेखि सांझ ५ बजेसम्म सञ्चालन हुने बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिनुभयो । प्रवक्ता रानाका अनुसार पालिकामा रोजगारीका अवसरहरु सिर्जना गरी आर्थिक समृद्धिलाई बढावा दिनका लागि विगत वर्षदेखि बुटवलमा रोजगार मेला आयोजना गरिएको र अहिले त्यसैको निरन्तरता हो । ।

बुटवल उपमहानगरपालिकाले लिएको लक्ष्य प्राप्त गर्न मानवीय विकासले महत्वपूर्ण भूमिका खेल्ने भएकाले रोजगार मेलाका साथै अन्य बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको प्रवक्ता रानाले बताउनुभयो । रोजगार मेलाबाट विभिन्न क्षेत्रका रोजगारदाता र आवश्यक जनशक्तिका बारेमा अभिलेखिकरण हुने, सीप र परामर्श समेतको अवसरबाट युवा बेरोजगारीलाई कम गर्न मद्दत पुग्ने विश्वास लिइएको उहांले बताउनुभयो ।

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर को सपनालाई साकार पार्न र पालिकामा रोजगार, अवसर खोजिरहेका युवाहरु, सेवा प्रदायक एवं रोजगारदाता, तालिम प्रदायक संस्थाहरुलाई एउटै स्थानमा ल्याएर उद्योग, व्यवसाय, पर्यटन, होटल, प्रविधि, कृषि, सेवा, उत्पादन लगायतका क्षेत्रका अवसर तथा सूचना, सीप परामर्श दिनका लागि मेला आयोजना गरिएको बुटवल उपमहानगरपालिका रोजगार शाखाका प्रमुख अरबिन्द पाण्डेयले जानकारी गराउनुभयो । रोजगार प्रदायक संस्था, तालिमप्रदायक संस्थाहरु र दक्ष, अर्ध दक्ष युवाको तथ्याकं संकलन गरी बुटवल रोजगार पोर्टलमा समावेश गरिने उहांले बताउनु भयो ।

वृत्ति विकाससम्बन्धी परामर्श सेवा प्रदान गर्नुका साथै रोजगार मेलामा सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमका अवसरबारे जानकारी गराईने बुटवल उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिनुभयो । उहांका अनुसार रोजगार मेलामा रोजगार खोज्ने युवाहरु र रोजगारदाता बीच प्रत्यक्ष सम्पर्क गराई रोजगारका अवसर तथा सूचना सम्प्रेषण गर्ने निःशुल्क सञ्चालन हुने सीपमूलक तालीमहरु सम्बन्धी विज्ञहरुबाट जानकारी गराइने समेत कार्यक्रम रहेको छ ।

अध्ययन पश्चात स्वदेशमा रोजगारी खोज्नु वा उद्योग धन्दा खोल्नु भन्दा दक्ष जनशक्ति पलायन हुने क्रम बढिरहेका बेला आयोजना गरिएको रोजगार मेलाले युवा शक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न मद्वत पुग्ने बुटवल उपमहानगरपालिकाको विश्वास छ ।

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले बुटवलमा बुटवल रामेजगार मेला आयोजना गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । रोजगार मेलामा ४ हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।

रोजगार मेलाबाट उधोग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउने र बेरोजगार युवाहरुले स्थानीयस्तरमा रहेको उद्योग तथा व्यवसायहरुसंग उपलव्ध विभिन्न रोजगारीका अवसर थाहा पाउने अवसर मिल्ने उपप्रमुख सावित्रा देवी अर्यालले बताउनुभयो ।

यसअघि गत वर्ष आयोजना गरिएको बुटवल रोजगार मेला मार्फत ३८ जना युवाले रोजगारी प्राप्त गर्न सफल भएको र यस बर्ष सयौंको संख्यामा रोजगारी प्राप्त गर्ने विश्वास लिइएको नगर प्रवक्ता रानाले बताउनुभयो ।

≪ Previous Post

नवलपरासीमा चालीस लाख बढीको ६२ हजार ७ सय किलो चिनी नष्ट

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क