Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा

संसारपोस्ट संवाददाता · १९ असार २०८२ · 0
तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा
120
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ स्थापना भएको ११ वर्ष पूरा भएकोछ।
रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीहरुको पहलमा २०७१ सालमा उद्योगी ब्यवसायीको हक अधिकार र हिताकालागि स्थापना गरिएको ब्यवसायिक सस्था तिलोत्तमा उद्योग वाणिज्य संघले स्थापनाको ११ औं स्थापना दिवस बुधवार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको स्थापना दिवसका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले उद्योगी व्यवसायीहरुको संरक्षण गर्नुपर्ने र संरक्षण गर्ने दायित्व राज्यको भएको बताउनुभयो ।


पछिल्लो समय उद्योगी व्यवसायीका समस्या बढेर गएको बताउंदै उहाले समस्या र चुनौतीसंगै अवसर पनि भएकाले उद्योगी ब्यवसायीहरुलाई नआत्तिन आग्रह गर्दै तिलोत्तमाको स्थानीय सरकार तपाईहरुको साथमा छ भन्दै समस्या समाधान गरेर अगाडी बढ्ने बिश्वास दिलाउनु भयो ।
नगर प्रमुख खांणले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीहरु बढी समस्यामा देखिएकाले यो विषयमा राष्ट्र बैंकले व्यवासायीहरुको समस्या बुझेर सहजताको अवस्था मिलाउनु पर्ने र यो विषयमा संघीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।


देशकै लागि तिलोत्तमा सम्भावित क्षेत्र भएको बताउंदै स्थायी प्रदर्शनीस्थल नहुंदा उद्योगी व्यवसायीले औद्योगिक मेला महोत्सव सञ्चालन गर्न समस्या भएकाले नदी उकासको जग्गा खाजेर समस्याको समाधान गर्ने गरि यो बिषय नीति तथा कार्यक्रममा समाबेस गरिएको बताउनु भयो । नगर प्रमुख खांणले स्थायी प्रदर्शनीस्थलका लागि नीति तथा कार्यक्रममा उल्लेख भएको र वजेटसमेत विनियोजन गरिएकाले सबैसंग मिलेर तत्काल जग्गाको खोजी गर्ने र त्यसका लागि आफुले समय व्यवस्थापन गर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले उद्योगी ब्यवसायीका समस्या थपिदै गएको बताउंदै यो विषयमा तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
खुल्ला सीमाना र आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी संकटमा परेको गुनासो गर्दै उहाले भन्नुभयो-` देश सञ्चालनको प्रमुख मेरुदण्ड उद्योगी व्यवसायी भएको चर्चा गर्दै उद्योगी व्यवसायीका समस्या समाधान नहुंदासम्म आर्थिक रुपमा देश अगाडी बढ्न सक्दैन । ´

संघका लुम्बिनी प्रदेस उपाध्यक्ष कुलप्रसाद न्यौपानेले पछिल्लो समय बैंकको ब्याजदर घटेपनि ब्यवसाय फस्टाउन नसकेको र रोजगारी सृजना गर्न नसकियको बताउनुभयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले आर्थिक मन्दीले समस्यामा परेका उद्योगी व्यवसायी विस्थापित हुने अवस्था आउदा पनि सरकारले नीजि क्षेत्रका समस्या बुझ्न नसकेको भन्दै चिन्ता गर्नुभयो ।

सिद्वार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले सरकार नीतिगत रुपमा अष्पष्ट हुंदा देशका थुप्रै उद्योगी व्यवसायी विस्थापितको अवस्थामा पुगेको बताउंदै उद्योगहरु नविकरण हुन नसक्दा जटिलता पैदा भएकोले सहजिकरणका लागि स्थानिय पालिकाले सहजिकरण गर्नुपर्ने बताउनुभयो । उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीका सम्पत्ति रोक्का भएको उल्लेख गर्दै सरकारले तिनै उद्योगी व्यवसायीलाई निचोरेर राजश्व संकलन गर्न थालेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा संघका सस्थापक उपाध्यक्ष दुर्गाप्रसाद खरेल, तिलोत्तमा ब्यापारसघका अध्यक्ष नेत्र न्यौपाने, शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने, संघका वरिस्ठ उपाध्यक्ष सुरज पङ्गेनी, महासचिव राजन पान्डे लगायतले उद्योगी ब्यवसायीले भोगेका समस्या उजागर गर्दै राज्यले ध्यान दिन नसकेको धारणा गर्नुभयो ।

संघको स्थापना दिवसको अवसरमा संघका वरिस्ठ उपाध्यक्ष दुर्गाप्रसाद खरेल, रु १ लाखको अक्षयकोष स्थापना गर्ने संघका सदस्य ब्यवसायी नारायणप्रसाद पराजुली र एसईई मा नेपालमै उत्कृष्ट नतिजा ल्याउने शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत छात्रा दाङकि अन्जना माझीलाई १ बर्ष अध्ययनका लागि संघका तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की, कोषाध्यक्ष टिकाराम भन्डारीले छात्रावृति प्रदान गर्नुभएको छ ।

 

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध सामान बरामद

Next Post ≫

करिव चारलाख बराबरका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क