Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई

संसारपोस्ट संवाददाता · १४ असार २०८२ · 0
एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई
60
SHARES
ShareTweet

भैरहवा । भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एशियन बुद्धलाई ३ विकेटले हराउँदै तिरुपतिले उपाधि चुमेको हो । उपाधिसँगै तिरुपतिले ८० नगद र उपविजेतामा चित्त बुझाएको एशियन बुद्धले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको एशियन बुद्धले ८ विकेटको क्षतिमा ८५ रन बनायो । उसका लागि देव खनालले १९, कृष्ण कार्कीले १५ र रन्जित खड्काले १० रन बनाए ।
बलिङमा तिरुपतिका तुलबहादुर थापा, इन्द्रजित यादव र सन्दीप यादवले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले ९ ओभर ५ बलमा ८६ रन बनाउँदै जित निकाल्यो । तिरुपतिका लागि सन्दीप मौर्यले २९, विशाल भुसालले नटआउट २५ र विजय प्रजापतिले १४ रन बनाए । बलिङमा एशियन बुद्धका विष्णु कटारियाले २, अभिशेष गौतम, कृष्ण कार्की, कृष्ण पराजुली र इकलाख अहमदले १–१ विकेट लिए । खेलमा सन्दीप मौर्य प्लेयर अफ द फाइनल भई १ हजार दुई सय रुपैयाँ पाए ।
तिरुपतिका वसिर अहमद म्यान अफ द सिरिज भई नगद १२ हजार पाए । यस्तै, टीम रेस्पोन्स लुम्बिनीका जावेद खान बेष्ट ब्याटर र न्यु होराइजनका विप्रसन केसी बेष्ट बलर भए । उनीहरुले जनही ८ हजार रुपैयाँ प्राप्त गरे । तिरुपतिका विजय प्रजापति बेष्ट क्याच र एशियनका देव खनाल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
शुक्रबारै सम्पन्न दोस्रो सेमिफाइनलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै फाइलन यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमिफाइनल पुगेका होराइजन र प्रोफेसनल मास्टर्स–११ ले १०–१० हजार रुपैयाँ पाए ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना र भैरहवाकै एशियन बुद्ध होटलको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । विजेता र उपविजेता टीमलाई लुम्बिन्ी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघ तथा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, एशियन होटलका संचालक तिलकराज घिमिरे, प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पन्थी, रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्ल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

लागु औषध सहित दुई जना पक्राउ

Next Post ≫

चारलाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क