भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ४ उधोगपुरीमा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालयभैरहवा र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३२ को हरिद्वार प्रसाद कुर्मीले चलाएको यु पी ५६ एम ६१२० नम्बरको टिभिएस मोटरसाइकलमा पछाडी सवार सोही ठाउं बस्ने बर्ष ३३ को पिन्टु यादवले भिरेको पुमा लेखेको निलो रङको झोलामा लुकाईराखेको डाईजेपाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागु औषध बरामद भएको छ । उनीहरुलाई मोटरसाइकल सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।