भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गर्दै गरेको करिव ४ लाख ९ हजार रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.२ तेलारपुल बाट यु पी ५६ एन ९७२७, यु पी ५६ भी २५४५ र यु पी ५६ आर ५४९३ न. को मोटरसाइकल सहित ९ बोरा खाद बरामद गरेको छ भने प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ११ पिप्रहियाबाट लेडिज सुट ४४ पिस बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले देबदह नगरपालिका वडा न. ४ भवानीपुरबाट लु ४ प ८५३३ न. को मोटरसाइकलमा ल्याउंदै गरेको प्लम्बिङका सामानहरु एल्बो ३५८ पिस र सकेट ११८ पिस मोटरसाइकल सहित बरामद गरेको छ ।
नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।