Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0
एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी
110
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा १ सय ४० रन बनायो । जवाफी ब्याटिङ गरेको लुम्बिनी साझेदारीले ७ विकेटको क्षतिमा जम्मा ७० रन बनायो र हार व्यहोर्यो । होराइजनका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टीम एभेन्जर्सले साई ग्लोबल एकेडेमीलाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको टीम एभेन्जर्सले ६ विकेड गुमाएर ७८ रन बनायो । प्रतिउत्तरमा साई ग्लोबल ४० रन बनाउँदा अलआउट भयो । टीम एभेन्जर्सका शाहद अर्याल प्लेयर अफ द म्याच भए ।

यस्तै, आजै भएको तेस्रो खेलमा एशियन बुद्धले बुटवल क्रिकेट क्लबलाई २४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एशियन बुद्धले ६ विकेट गुमाएर १ सय १५ रन बनायो । जवाफमा बुटवलले २ विकेट गुमाएर ९१ रनमात्रै बनायो । खेलमा एशियन बुद्धका अभिशेष गौतम प्लेयर अफ द म्याच भए ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा संचालित प्रतियोगिता यही असार ९ गतेसम्म चल्लने छ । प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ ।

आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि सेवा केन्द्र स्थापना

Next Post ≫

पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क