Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रदेश सभा सांसद सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सभा सांसद सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0
लुम्बिनी प्रदेश सभा सांसद सुमन शर्मा विरुद्ध पक्राउ पुर्जी
90
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्बमन्त्री सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
समानुपातिक प्रदेशसभा सदस्य रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन् । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो । आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ ।
जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् । तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन् ।
सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा उनले दायर गरेकी हुन् । आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पार्टीमै दुवै जनाबिच चिनजान भएको हो । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमन घनिष्ठ बनेका थिए । यतिसम्म कि, कार्यक्रमका लागि पर्सा आएकी सुमन होटल छाडेर आशाको घर बस्थिन् ।
दुई दिनको पार्टीको कार्यक्रम सके पनि सुमन विभिन्न बहानामा १० दिनसम्म आफ्नो घरमा बस्ने गरेको आशाले बताइन् । १० दिनमै आफ्नो परिवारसँग सुमन घुलमिल हुन सकेको पनि उनले बताइन् ।
पैसा छैन भनेर होटलमा बसेको र खानपिन गरेको २० हजारभन्दा बढी रकम आशाबाटै सुमनले तिर्न लगाएकी थिइन् । ‘दुःखमा परेको छ, पैसा छैन, होटलबालाले बेइज्जत गर्छ, आफ्नै पार्टीको नेतृ त्यसमा पनि महिला बेइज्जत हुनु राम्रो होइन भन्दै होटलको पैसा तिर्न सुमनलाई नगदै २० हजार रुपैयाँ पनि दिएको थिएँ,’ आशाले दाबी गरिन् ।
सुमनले आफूलाई बहिनी भन्ने गरेको र घरका सबै सदस्यले उनलाई माया गर्ने गरेका उनी बताउँछिन् । यसबारे सबै कुरा आफूले जनमत पार्टीमा पटक–पटक भने पनि कसैले चासो नदिएपछि मुद्दामा जानुपरेको उनले बताइन् ।

≪ Previous Post

चोरी पैठारी गरेको ८ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि सेवा केन्द्र स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क