Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर सामुदायिक वनमा वन सम्बर्द्धन सम्बन्धी अन्तरक्रिया
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर सामुदायिक वनमा वन सम्बर्द्धन सम्बन्धी अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0
शंकरनगर सामुदायिक वनमा वन सम्बर्द्धन सम्बन्धी अन्तरक्रिया
70
SHARES
ShareTweet

तिलोत्तमा । शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन सम्बर्द्धन प्रणालीमा आधारित वन ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ ।
सामुदायिक वनको बार्षिक कार्ययोजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, बिद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी सस्था, पत्रकार, सामाजिक संघ सस्था र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रमका सहजकर्ता वन तथा वातवरण निर्देशनालयका महानिर्देशक प्रभात सापकोटाले बिरुवा उमार्ने, रोपण गर्ने, गोडमेल, काट्छाट, हुर्काउने र उमेर पुगेका रुखहरुला कटान गर्ने बिधिलाइ बन सम्बर्द्धन प्रणाली भनिन्छ भन्नुभयो ।
उहाले बन सम्बर्द्धन प्रणाली अन्तर्गत सरपट कटान, छत्र, छनौट र मुना प्रणाली गरि चार प्रकारले गरिने जानकारी गराउनु भयो ।
महानिर्देशक सापकोटाका अनुसार सरपट कटान प्रणालीमा समग्र बन क्षेत्रलाई विभिन्न खण्डमा बिभाजन गरि प्रत्येक बर्ष कुनै एक खण्डमा माउ रुख कटान र नया बिरुवा रोपण गर्ने गरिन्छ भने छत्र प्रणालीमा बिउका लागि उच्च- गुणस्तरका माउ रुख राखेर अरु रुख कटान गर्ने र कटान गरिएको ठाउँमा बिरुवा रोपण गरिन्छ ।
यस्तै छनौट प्रणालीमा परिपक्व रुखहरु कटान गर्ने, साना रुखहरुलाइ हुर्कने वातावरण सिर्जना गर्ने, पत्लाउने र सरसफाइ गर्ने गरिन्छ भने मुना प्रणालीमा विभिन्न प्रजातिका काटिएका रुखबाट पलाउने मुनाहरुको सरक्षण गर्ने गरिन्छ ।


सामुदायिक बनका अध्यक्ष रबिन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका हरिलाल पाण्डे, एमालेका मिनप्रसाद पोख्रेल, जनमुक्ती पार्टिका राधिका श्रीस, सामुदायिक बनका सल्लाहकार टिकानिधी गौतम, पूर्व अध्यक्षहरु केशवराज न्यौपाने, राम गिरी, उमानाथ कडेल, बनका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्यलागयतले बन सम्बर्द्धन प्रणालीको बिशेषता, नीतिगत तथा कानुनी ब्यवस्था, यसको आवश्यकता र औचित्यका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।
करिव ४५०० उपभोक्ता रहेको सामुदायिक बन ५८४.६ हेक्टरमा फैलिएको छ भने समग्र बन क्षेत्र मध्य ११८.४२ हेक्टर रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११०.१९ हेक्टर बृक्ष्यारोपण खण्डमा बिभाजन गरिएको छ ।

≪ Previous Post

करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

Next Post ≫

भन्सार तथा राजश्व छली चोरी पैठारी गरेको अबैध सामान प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क