भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरीपैठारी गर्दै गरेको करिव २५ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ ।
प्रहरीले भैसी, पाडा, फेन्सी, लत्ता कपडा, किराना सामान, चिनी, बोइलर कुखुरा लगायतका बिभिन्न सामान सहित २४ लाख ७६ हजार ९०० बराबरको अबैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा तिलोत्तमा नगरपालिका ११ बस्ने बर्ष ३५ को दिलिप परियारले चलाएको लु २ च ९०९८ नं.को छोटा हात्तीमा ल्याउंदै गरेको २ वटा पाडा, तिलोत्तमा नगरपालिका १७ बस्ने बर्ष २४ को गोबिन्द चौधरीले चलाएको लु २ च ३६५० नं.को पिकअप गाडीमा ल्याउंदै गरेको २ वटा भैसी र १ वटा पाडा सहित तिलोत्तमा नगरपालिका वडा नं. १० बस्ने वर्ष ४३ को अब्दुल कासिम र कंञ्चन गाउँपालिका २ बस्ने वर्ष १९ को दिवाकर थारुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति सिद्धार्थनगर नगरपालिका वडा नं. ८ र ११ बाट सिद्धार्थनगर नगरपालिका १३ बस्ने बर्ष ३२ को प्रविन बर्मा बढईले चलाएको लु ४८ प ९३३५ नं. को मोटरसाइकलमा ल्याउंदै गरेको कुलर १ वटा, जुत्ता १३० जोर, लोट्स कम्पनीको क्रिम ५७ पिस र फुल १ कार्टुन बरामद गरेको छ । यस्तै रोहिणी गा.उापालिका वडा नं. ४ सेमरहवा बाट रोहिणी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २० को जहरुदिन धुनियाले चलाएको लु २२ प ४७९ नं.को मोटरसाईकलमा ल्याउदै गरेको बोइलर कुखुरा २० पिस मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाइपासमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको वेवारिसे अवस्थामा रहेको किराना सामान तथा कष्टमेटिक सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी मर्यादपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ३ त्रिलोकपुर, पर्सिहवाबाट सुद्धोधन गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २४ को रामु बनियाले चलाएको लु २९ प ६५८५ नं. को मोटरसाईकलमा ल्याउंदै गरेको बेवारिसे अबस्थामा रहेको कपडा तथा ३ बोरा मटर दाल बरामद गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं.७ टिकर र सिद्धार्थनगर नगरपालिका वडा नं. १३ देवकोटा चोकबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको वेवारिसे अवस्थामा राखेको चिनी ८ बोरा र किराना सामान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मझगवा र इलाका प्रहरी कार्यालय कदमहवाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ४ हर्दीबाट युपी ५६ ए एच ९०९९ नं.को मोटरसाईकलमा ल्याउदै गरेको मोटरसाइकलका पाटपुर्जा, ब्रेक सु ४० पिस, कलोज वायर ५० पिस, हुईल रबर १० पिस, रबर सेट ११६ पिस, मिरर (ऐना) १८ पिस, बेरिङ ८० पिस, चेन पकेट २ पिस, एयर फिल्टर ५ पिस, चेन एक्सट्रे १० पिस, बुलेट रबर २० पिस, डण्डी ५ पिस, केम चेन ४ पिस, बोल्ड टु २० पिस, र सकर रड ५ पिस बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ हरनहियाबाट भारत बाट नेपाल तर्फ अबैध रुपमा ल्याएको बवोरिसे अवस्थामा रहेको रेनकोट ७० थान बरामद गरेको छ ।
बरामद भएका सामानहरु र पक्राउ परेका मानिसहरुलाई सवारी साधन सहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।