भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज ओमसतिया गाउँपालिका वडा नं. ४ बाईपासमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको अवस्थामा भारतीय ट्रक सहित कृत्रिम यौन खेलौना बरामद गरेको छ ।
यु के १८ सी ए २५७५ नं.को भारतिय ट्रकमा ल्याउंदै गरेको कृत्रिम यौन खेलौना १३६९ पिसको अन्दाजी मुल्य २४ लाख ४५ हजार र ट्रकको मुल्य १५ लाख गरी ३९ लाख ४५ हजार बराबरको सामान सहित ट्रक चालक भारत उतर प्रदेश जिल्ला बिजनौर थाना रामपुर बस्ने बर्ष ४५ को नसिब अहमद र भारत उतर प्रदेश जिल्ला कन्नौउ थाना पुर्वा गाउँ मंगत खडा बस्ने बर्ष २६ को देबेन्द्रर कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएको सामान र पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रहरीले जनाएको छ ।