Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८२ · 0
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी
120
SHARES
ShareTweet

बुटवल । बुटवलमा विजनेश इन्कुवेशन तालिम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको हो ।

तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने भनाइ राख्नुभयो ।
बुटवल उपमहानगरपालिकाले पनि उद्यमशिलता तथा स्वरोजगार विकासका लागि धेरै सीपयुक्त तालिम प्रदान गरेको जानकारी गराउँदै त्यसरी सीप सिकेकालाई उद्यमी कसरी बनाउन सकिन्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।

त्यसै अवसरमा संघमा स्थापना गरिएको उद्योग सम्वद्र्धन केन्द्र उद्घाटन गरिएको छ । संघले उद्यमशिलता विकासका लागि २०७६ साल देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले बुटवल उपमहानगरपालिका मार्फत बुटवल उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गरेको हो । एक महिनासम्म सञ्चालन गरिने यो तालिममा २० जना नव उद्यमी सहभागि रहेको संघका कार्यकारी निर्देशक तथा तालिमका फोकल प्रसन मदनकुमार कार्कीले जानकारी गराउनु भयो । उहाँका अनुसार कार्यक्रममा सहभागि उद्यमीहरुले आफूले उत्पादन गरेका सामग्री प्रदर्शन गरेका छन् ।


कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि २ पटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिसकेको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताउनु भयो । उहाँले सरकारी तहबाट प्राप्त भएको यो साथ र सहयोगले उद्यमशिलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दा प्राप्त भएको प्रतिफलकै कारण सरकारी तहबाट यो प्रकारको सहयोग प्राप्त भएको बताउँदै विगतका सिकाई र अनुभवले अव सञ्चालन गर्ने कार्यक्रम अझै राम्रो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले उद्यमशिलता विकासका लागि लुम्बिनी वाणिज्य क्याम्पसमा पनि विजनेश इन्कुवेशन सेन्टर स्थापना गरिएको जानकारी गराउँदै समयसमयमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उद्योग वाणिज्य संघले गरेको विजनेश इन्कुवेशन कार्यक्रममा अरु क्षेत्रले गरेको भन्दा अझै राम्रो हुने बताउँदै आशा गरिएभन्दा अझै राम्रो कार्यक्रम हुने विश्वास व्यक्त गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बुटवल उद्योग वाणिज्य संघले उद्यमशिलताका विभिन्न गतिविधि गर्दै आईरहेको बताउँदै नव उद्यमीलाई प्रोत्साहन र प्रवद्र्धनका लागि विजनेश इन्कुवेशन कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले नव उद्यमीलाई आफ्नो उद्योग व्यवसायको व्यवस्थापकीय पक्ष सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

≪ Previous Post

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

Next Post ≫

कृत्रिम यौन खेलौना र भारतीय ट्रक सहित ३९ लाख बढिको सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क