Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८२ · 0
पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल
90
SHARES
ShareTweet

 

तिलोत्तमा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गर्नुभएको छ ।

उहाले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेकाे प्रष्टाउनुभयो ।

गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताउनुभएको हो ।

उहाले प्रधानमन्त्री केपि शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेकाे मुद्वालाई बदलाकाे भावनाले अगाडि बढाएकाे टिप्पणी गर्नुभयो । ‘ओली जि आफ्ना विराेधीलाई ८४ सम्म सकाउन लाग्नुभएकाे छ, त्यहि शिलशिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाकाे स्वरूप मुद्वा चलाईएकाे हाे’ उहाले भन्नुभयो । उहाले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशाेध साँधेकाे बताउदै पार्टी अध्यक्षमाथि पनि त्यहि नियति दाेहरिएकाे बताउनुभयो ।

‘८४ सम्म एमाले र काँग्रेसका मात्रै उम्मेद्वार हुने वातावरण बनाउन खाेजिएकाे छ, त्याे पूरा हुदैन’ उहाले भन्नुभयो । पार्टीमाथि भएकाे आक्रमणलाई चिर्न उहाले अनुराेध गर्नुुुयो । वर्तमान नेतृत्व असफल हुदा मुलुकमा निराशा देखिएकाे बताउदै यसबाट मुक्ति पाउन सुशासन र राेजगारी मूल ऐजेन्डा हुनुपर्नेमा जोड दिनुुुयो । उहाले वर्तमान सरकारकै कारण सडकमा पुनरउत्थानवादी शक्ति देखिएकाे उल्लेेेख गर्नुभयो ।

≪ Previous Post

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन शुरु  : २० नव उद्यमी सहभागी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क