Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८२ · 0
सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो : घनश्याम भुसाल
100
SHARES
ShareTweet

बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भएको बताउनुभएको छ । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताउनुभएको हो । ‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पद अनुसार लाभ लिने काम भइरहेको छ’ उहांले भन्नुभयो । नेपालको अर्थतन्त्र दलाल पूँजीबाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन नसकेको उहांको भनाई छ ।

‘रोजगारी सृजना गर्ने पूँजी राष्ट्रिय पूँजी हो, रोजगारी सृजना नगर्ने तर नाफा कमाईराख्ने दलाल पूँजी हो, यसलाई फेर्नुपर्छ’ महासचिव भुसालले भन्नुभयो । उहांले नेपालको अर्थतन्त्रको माथिदेखि तलसम्मको चरित्र दलाल पूँजीको रहेकाले यसलाई फेर्न निकै कठिन रहेको बताउंदै नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगति नहुने बताउनुभयो ।

दलाल पूँजीवाद अर्थतन्त्र फेर्नपर्छ, फेर्न सजिलो छैन, किनभने यसले संसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, पार्टी पनि किन्छ, न्यायधिशलाई किन्छ उहांले भन्नुभयो –‘विहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन, पुलिस प्रशासन सबै त्यसैका हुन्छन ।’

नेता भुसालले यस्तो प्रवृत्तिसँग लड्न पार्टीभित्र र बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने बताउनुभयो । उहांले नेपालको विकास नहुनुको पछाडि बौद्धिक क्षेत्रको भूमिका पनि कारक रहेको बताउनुभयो । उहांले बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्न सक्ने उल्लेख गर्नुभयो । उहांले बुटवललाई कर्मथलो बनाएका मनिकर कार्कीले अर्थदृष्टि पुस्तकबाट नेपालको अल्पविकासको ऐठनलाई प्रस्तुत गरेको बताउनुभयो ।
नेपाल पृथ्वीनारायण शाहको पालाको करिव सय बर्ष एकिकरण र युद्ध, राणाकालको सय बर्ष बढि राणाहरुको मोजमस्तीमा राज्यश्रोत खर्च हुँदा पनि विकास हुन नसकेको उल्लेख गर्दै उहांले बुटवललाई फेरी बौद्धिक व्यक्तिहरुको थलोका रुपमा अर्थदृष्टि पुस्तकको विमर्शले उठाउने विश्वास समेत व्यक्त गर्नुभयो । उहांले विकासको मोडेल, इतिहासको चरणदेखि नेपाल अल्पविकासमा हुनुको ऐठनलाई पाठकहरुलाई सँगसँगै डो¥याउने काम पुस्तकले गरेको बताउनुभयो ।

≪ Previous Post

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श

Next Post ≫

पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क