Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सेरा टायल्सको नयाँ शोरूम रुपन्देहीको पत्थरडाँडामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सेरा टायल्सको नयाँ शोरूम रुपन्देहीको पत्थरडाँडामा

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0
सेरा टायल्सको नयाँ शोरूम रुपन्देहीको पत्थरडाँडामा
60
SHARES
ShareTweet

तिलोत्तमा । भारतको अग्रणि टायल उत्पादक कम्पनी सेरा टायल्स एण्ड सेनेटरी(ऋभ्च्ब्)ले नेपालको रुपन्देहीमा पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । सेरा टायल्स एण्ड सेनेटरीद्वारा उत्पादित सेरा टायल्सको नेपालको पहिलो आधिकारिक बिक्रेताको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पत्थरडाँडा स्थित न्यू तिलोत्तमा मार्वल सेन्टरले बुधबारदेखि सेरा टायलको शोरुम तथा बिक्री शुभारम्भ गरेको हो ।

शोरुमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पछिल्लो समय तिलोत्तमा व्यावसायिक हव बन्ने दिशातर्फ उन्मुख भैरहेको भन्दै नेपालमै पहिलोपटक सेरा टायलले तिलोत्तमामा आधिकारिक बिक्रेता छनोट गरी आफ्नो उत्पादनको बिक्री सुरु गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । उहांले सेराको आधिकारिक विक्रेता तिलोत्तमा नगर पालिकामा तोकिएकोले यसले तिलोत्तमा नगरपालिकाको आर्थिक विकास, आर्थिक अवस्था चलायमान गराउनुका साथै रोजगारीको अवसर समेत श्रृजना गर्ने बताउनुभयो । नेपालको निर्माण उद्योगमा द्रुत गतिमा विकास भइरहेको बताउदै उच्च गुणस्तरका निर्माण सामग्रीहरूको माग पनि बढ्दै गएको छ र सेरा टायल्सले यस मागलाई सम्बोधन गर्दै नेपाली उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादनहरू उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।


तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले न्यू तिलोत्तमा मार्वल सेन्टरले शुभारम्भ गरेको सेरा टायलको शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले सेरा टायल्स आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनका लागि विश्वव्यापी रूपमा प्रख्यात रहको र भारतमा सेरा ब्राण्डको रुपमा स्थापित टायलसको शेयर मूल्य पनि उच्च रहेका कारण यसको गुणस्तरियता पुष्टि भएको भनाई राख्नुभयो ।
सेरा टार्यल्सका क्षेत्रिय प्रवन्धक ब्रजेश सिंहले निर्माण उद्योगमा सेराको उपस्थिति थप सुदृढ पार्दै लगेको बताउनुभयो । उच्च गुणस्तर र आकर्षक डिजाइनका लागि परिचित सेरा टायल्सले नेपाली बजारमा आफ्नो पहुँच विस्तार गर्नका लागि आधिकारिक विक्रेताहरू मार्फत आफ्ना उत्पादनहरू उपलब्ध गराइरहेको उहांले बताउनुभयो । सिंहले तिलोत्तमा संगै पोखरामा पनि सेराको विक्रेता रहेको र निकट भविष्यमा बिरगंजमा पनि बिक्री केन्द्र खोलिने जानकारी गराउनुभयो ।
न्यू तिलोत्तमा मार्बल सेन्टरले सेरा ब्राण्डका भुइँ टायल्स, भित्ता टायल्स, बाथरूम टायल्स र अन्य सेरा उत्पादनहरू नेपाली उपभोक्ताहरूमाझ पु¥याउँदै आएको सञ्चालक कमल भुसालले बताउनुभयो । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न आकार, रङ्ग र बनावटमा टायल्स उत्पादन गरेको र जुन आधुनिक र परम्परागत दुवै प्रकारका भवन निर्माणका लागि उपयुक्त हुने संचालक भुसालले बताउनुभयो । उहांले सेरा जस्तो प्रतिष्ठित ब्रान्डको आधिकारिक विक्रेता हुन पाउँदा गर्व लागेको भन्दै सेराका उत्पादनहरूले नेपाली ग्राहकहरूको मन जित्न सफल हुने र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।


सेरा टायल्सको नेपालमा उपस्थिति बढ्दै जाँदा, यसले नेपाली निर्माण उद्योगलाई थप विकल्प र गुणस्तरीय उत्पादनहरू प्रदान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

≪ Previous Post

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

Next Post ≫

भन्सार छलीका ६ लाख बढिका अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क