भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव ६ लाख ४८ हजार ६६० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. २ बैकुण्ठपुरबाट युपी ५६ क्यू १०७० न.को मोटरसाईकलमा ल्याउदै गरेको ३ बोरा चिनि र मोटरसाइकल चालक रोहिणी गाउँपालिका वडा नं. २ कठौतिया बस्ने बर्ष १८ को अकलेश कोहिरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ नेउडिहवाबाट लेडिज टप्स १३० पीस र जेन्स भेष्ट १०० पिस बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोतमा नगरपालिका वडा नं. ९ मंगलापुरबाट चिनि करिव २०० के.जी., अरहर दाल ८० के.जी., लेडिज सिंगल कुर्ति ६९ पिस र लेडिज टु पिस कुर्ति ४१ पिस बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ११ छोट्की पिप्रहिवाबाट युपी ५६ क्यू ५६८६ नं.को मोटरसाईकलमा ल्याउदै गरेको केराटिन क्रिम २ कार्टुन र १ बोरा कपालमा लगाउने सेरम सहित मोटरसाइकल चालक भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला लौटन थाना बस्ने बर्ष २८ को मनोज जैसवाल बानियालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहबाट अण्डा ३०० पिस, डिउ पिय पदार्थ १३८ पिसर र बिभिन्न प्रकारका चिप्स बरामद गरेको छ ।
बरामद भएका अबैध सामान र पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।