Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0
यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा
100
SHARES
ShareTweet

भैरहवा । अन्डर–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ । क्रिकेटर समिर अली मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र बीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ गतेदेखि ३१ गतेसम्म यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशका १८ खेलाडी समावेश गरी टीम घोषणा गरिएको हो । मुसलमान प्रदेशस्तरीय यु–१६ क्रिकेट छनोट खेलमा रुपन्देहीको टीमको समेत कप्तान थिए । छनोट खेलमा उनले एक शतक प्रहार गर्नुका साथै सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

संघका कार्यबाहक अध्यक्ष राजभण्डारीका अनुसार प्रदेशको टीममा रोजन कुमाल, रौनक श्रीवास्तव, सिद्धार्थ ढकाल, केशव बिष्ट, लक्ष्मण कुमाल, शुभव खनाल, प्रिन्स पाल, चन्द्र थापा, दिव्यांश वर्मा, प्रेमसागर यादव, शोएब हसन मुसलमान, दक्ष ठाकुर र आरिफ खान छनोट भएका छन् । यस्तै, टीममा करण घर्ती मगर, आदित्य ढकाल, तुषार चौहान र दिवश अर्याललाई रिजर्भ खेलाडीका रुपमा राखिएको छ । प्रदेशको टीम कोचमा सञ्जु क्षेत्री र टीम म्यानेजरमा सिद्धार्थ श्रेष्ठ छन् ।

संघका प्रदेश सदस्य प्रथम पराजुलीले एक हप्तासम्म रुपन्देहीमा संचालित प्रदेशस्तरीय छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समावेश गरी लुम्बिनीको टीम बनाइएको बताउनुभयो । ‘छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले टीममा स्थान बनाएकाले यसपटक राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पार्छ भन्ने हाम्रो विश्वास छ’, उहांले भन्नुभयो ।

≪ Previous Post

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

Next Post ≫

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क