Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
50
SHARES
ShareTweet

भैरहवा । लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउर १ सय ३१ रनको मध्यम योगफल बनायो । रुपन्देहीका लागि सिद्धार्थ ढकालले ५४ रनको अर्धशतकीय पारी खेले । ४५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे । बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर थापा र करण जीएमले १–१ विकेट हात पारे ।

१३२ रनको लक्ष्य पछ्याएको दाङ २२ ओभर १ बलमा सबै विकेट गुमाएर ६९ रनमै समेटियो । बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, प्रिन्स पालको नाममा ४ विकेट रह्यो । दाङका अभिजित भण्डारीले सर्वाधिक १८ र शुभम खनालले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द फाइनल घोषित भए । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका थिए । विजयी टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशन्तविक्रम मल्ल, प्रतियोगिता संयोजक प्रथम पराजुली लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

≪ Previous Post

२०८२/०८३ को बजेट : बजेट तुलनात्मक राम्रो, स्रोत व्यवस्थापनमा चुनौती : बुटवल उद्योग वाणिज्य संघ

Next Post ≫

यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क