Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ २०८२/०८३ को बजेट : बजेट तुलनात्मक राम्रो, स्रोत व्यवस्थापनमा चुनौती : बुटवल उद्योग वाणिज्य संघ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२०८२/०८३ को बजेट : बजेट तुलनात्मक राम्रो, स्रोत व्यवस्थापनमा चुनौती : बुटवल उद्योग वाणिज्य संघ

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0
२०८२/०८३ को बजेट : बजेट तुलनात्मक राम्रो, स्रोत व्यवस्थापनमा चुनौती : बुटवल उद्योग वाणिज्य संघ
150
SHARES
ShareTweet

बुटवल । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रतुत गरेको बजेटलाई सकारात्मक रुपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औंल्याएको छ ।
संघले शनिबार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरुलाई सकारात्मक लिएको उल्लेख गरेको छ । यसले सरकार र निजी क्षेत्र विच विश्वासिलो वातावरण निर्माण गर्न सहयोग पुग्ने पनि संघले विश्वास गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले हस्ताक्षर गरेको बजेटप्रतिको प्रतिक्रियामा भनिएको छ–‘सञ्चालन खर्च र वित्त व्यवस्थापन अनिवार्य तथा बाध्यात्मक खर्च भएको र पुँजीगत खर्चको स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट व्यवस्थापन गर्नुपर्ने देखिएकाले पुँजीगत खर्च अर्थात विकास बजेटको कार्यान्वयनमा सरकार दवावमै देखिन्छ ।’
सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये ११ खर्ब ८० अर्ब ९८ करोड सञ्चालन खर्च, ३ खर्ब ७५ अर्ब २४ करोड वित्त व्यवस्थापन र ४ खर्ब ७ अर्ब पुँजीगत रहेको छ ।
संघले दिएको सुझाव अनुसार आगामी वर्षको बजेटमा सरकारले खाद्यान्न, कृषि वस्तु, फलफूल आयातमा लाग्दै आएको अग्रिम आयकरको खारेज, मूल्य अभिबृद्धि करको बहुदरको लागि अध्ययन गरिने, एक्जिम कोडका लागि बैंक ग्यारेन्टीको प्रावधान खारेज, डिजिटल भुक्तानीमा लाग्ने भ्याट खारेज, नेपाल भ्रमणमा आउने पर्यटकले ५ हजार अमेरिकी डलर बराबरको बिदेशी मुद्रा ल्याउन पाउने, उद्योग सम्बन्धी सेवा एकल बिन्दुबाट प्रदान गर्ने, भन्सार सन्दर्भ पुस्तिकाको समसामयिक परिमार्जन, नवप्रवर्तनमा आधारित स्र्टाटअप कार्यक्रमलाई बिशेष सुबिधा सम्बोधन गरेको छ ।
त्यस्तै संघले दिएको सुझावको आधारमा सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नती गर्ने, मोतिपुर लगायतका औद्योगिक क्षेत्रको बिकासमा निजी क्षेत्रको संलग्नता गराउने, बुटवल १५ मा एकिकृत कृषि उपज संकलन बजारको निमार्ण गर्ने, कालिगण्डकी तिनाउ डाइभर्सन परियोजनाको अध्ययन, मेडिकल कलेजको निर्माण तथा संचालन, भैरहवा भन्सार क्षेत्रमा एकिकृत जांच चौकीको निर्माण, उधारो कानूनको निर्माण प्रतिबद्धतालगायतका कुराहरु बजेटमा सम्बोधन भएको उल्लेख गरिएको छ ।
त्यस बाहेक पनि सूचना प्रबिधि र होटल क्षेत्रलाई कर छुटको व्यवस्था, महिला उद्यमीको नाम हुने व्यवसाय दर्ता तथा नबिकरण निशुल्क गर्ने व्यवस्था, सहकारी संस्थाको पुनः गठन, कडा नियमन र बचतकर्ताको बचत सुरक्षा योजना महत्वपुर्ण रहेको उल्लेख गरिएको छ ।
औद्योगिक क्षेत्रमा उद्योगको स्थापनालाई महत्वका साथ लिदै बिशेष आर्थिक क्षेत्रमा हालको भाडा दर रु २० प्रति बर्ग फुटबाट रु ५ प्रति बर्गफुट कायम गर्ने र औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले कम गर्ने व्यवस्था स्वागतयोग्य रहेको संघले जनाएको छ ।
बजेटको रकम कम मात्र बृद्धि गरेर कार्यान्वयनयोग्य बनाउन प्रयास गरेको देखिएपनि स्रोत व्यवस्थापनमा सदाझै चुनौती औंल्याइएको छ । सुशासन, बर्तमान आर्थिक मन्दीबाट अर्थतन्त्रलाई पार लगाउने नीति, नेपाल भारत सीमा क्षेत्रबाट हुने अनाधिकृत कारोबार, अर्थतन्त्रमा ठूलो मात्रामा रहेको अनौपचारिक कारोबारलाई करको दायरा भित्र ल्याउने नीति तथा व्यवस्था सम्बन्धमा सम्बोधन नगरेको उल्लेख छ ।

≪ Previous Post

बजेटले निजि क्षेत्रलाई उत्साहित बनाएको छ : रुपन्देही उद्योग संघ

Next Post ≫

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क