Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0
प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।
बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ४ रनको बलियो योगफल खडा गर्यो । जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे । बलिङमा बाँकेका निखिल धनकुट्टा र निराजन चन्दले २–२ तथा सिनब श्रेष्ठ र मोहम्मद इब्राहिम मियाँले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बाँके २८ ओभर ३ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयो । उसका लागि विशालकुमार थापाले ३४, भुवन शाहीले ३२, दिव्यान्स बर्माले २९ र आषिश नाउले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३, आकाश थापा र संयकजंग थापाले २–२ तथा सिर्जन भुजेल र आयन खड्काले समान १–१ विकेट हात पारे । खेलमा बर्दियाका आदित्य ढकाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गर्नुभएको छ ।

≪ Previous Post

भन्सार छलीका अबैध सामान प्रहरीको नियन्त्रणमा

Next Post ≫

विनयी खोलामा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क