Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०८२ · 0
पेट्रोलियम ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण
100
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले एसोसिएसनमा आवद्ध ब्यवसायीहरुलाई बिहिबार पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण दिएको छ ।
लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची सहित बाग्लुङ र पुर्वी रुकुम सम्म पेट्रोलियम पदार्थको बिक्रीवितरण र ब्यास्थापन गर्दै आएको एसोसिएसनले बार्षिक कार्ययोजना अनुसार ब्यासायीहरुको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरेको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले समयको गतिसङगै पेट्रोलियम ब्यवसायमा नयाँ प्रबिधिको बिकास सङ्गै सुरक्षा चुनौती पनि थपिएकाले प्रबिधिको ब्यवस्थापन र चुनौतिको सामना गर्न यस्ता तालिम तथा प्रशिक्षण उपलब्धिमुलक हुने बताउनु भयो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले ब्यवसायीहरुको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भन्दै मर्यादित ढङ्गले ब्यवसाय सन्चालन गर्न ब्यवसायीहरुलाइ आग्रह गर्नुभयो । अध्यक्ष गैरेले सरकारी निकायबाट आउने कर्मचारीले ब्यवसायीको अनुगमन होइन ब्यवसायीले कर्मचारीको अनुगमन गर्ने गरि ब्यवसाय संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै तिलक केसी गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख तिलक के. सी. ले मेरो ब्यवसाय ठिक छ कि छैन भनेर ब्यवसायी आफुसङ्ग डराउने हो अरुसङ्ग डराउन पर्दैन भन्दै सुरक्षा र गुणस्तरको जिम्मेवारी ब्यवसायीको हो भन्नुभयो ।

प्रमुख के.सी.ले ब्यवसायीले सरकारी निकाय र उपभोक्ताले ब्यवसायीको अनुगमन गर्ने परिपाटिको बिकास गर्न जरुरी छ भन्दै ब्यवसायलाइ ब्यवस्थित गरि उपभोक्ताको हितमा काम गर्न ब्यवसायीलाई आग्रह गर्नुभयो । अहिलेको युग प्रतिष्प्रधा र क्षमताको युग भएकाले कुनैपनि ब्यवसाय लेनदेन र मिलेमतोमा नचल्ने प्रष्ट पार्दै कर्मचारिले ब्यवसायीलाई अनावशक दु:ख दिएमा तत्काल कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभयो ।
ब्यवसायीसङ्ग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै ब्यवसायीका आशा र अपेक्षालाई मर्न नदिने बिश्वास दिलाउनु भयो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुसालले ब्यवसायको सुरक्षा र सुब्यवस्था गर्ने जिम्मेवारी ब्यवसायीको हो भन्नुभयो । उहाँले डिजल लोड गर्ने १६० ट्याङ्कर क्यालिब्रेसन टावरबाट क्यालिब्रेट ( नाप जाच )भएका र पेट्रोल लोड गर्ने ९० प्रतिसत ट्याङ्कर भल्वारी टावरसङ्ग मिलान गरिएको जानकारी गराउनु भयो । उहाँले भलवारी डिपोमा डिजल ३० लाख ४० हजार, पेट्रोल ५ लाख १९ हजार र मट्टितेलको १ लाख ४० हजार लिटर भन्डारण क्षमता रहेको मा ६ लाख लिटर डिजल, २ लाख लिटर पेट्रोल र १२ हजार लिटर मट्टितेल दैनिक बिक्री हुने हुनेगरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल आयल निगमका सुरेन्द्र सिंह बिष्ट, दिपेश लिम्बुले पनि ब्यवसायिक सुरक्षा र पेट्रोलियमको परिमाणका बिषयमा सहजिकरण गर्दै आगलागी नियन्त्रण सम्बन्धी प्रयोगात्मक विधि सिकाउनु भएको थियो ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, दीपक भट्टराई, उपाध्यक्ष गोपाल बस्याल, महासचिब हरिराम कसौधन, ब्यवसायीहरु बिरेन्द्र यादब, बेद गिरी, बिश्नुदेव ओझा, भिश्मदेब भारी लगायतले बोल्दै प्राबिधिक कमजोरीका कारण पेट्रोलियम पदार्थको परिमाण तल माथी पर्दा सरोकारवाला निकायले ब्यवसायीलाई हतोत्साहित नबनाइ सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २०० बढी ब्यवसायीहरु सहभागी भएका थिए ।

 

 

≪ Previous Post

भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

Next Post ≫

भन्सार छलीका अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क