Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0
भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मूल्य रु.१९ लाख ८० हजार १०४ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर बाट बेवारिसे अवस्थामा रहेको कफि ३ क्विन्टल, सरफ ३ पोका, मिठाइ, चिनी १७५के.जि र ९० जोर लेडिज चप्पल बरामद गरेको छ ।
यस्तै प्रहरीले लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. ७ भगतपुरबाट लु ४३ प ९५४२ नं.को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा ६२ पिस बोईलर कुखुरा मोटरसाइकल सहित बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ बाट लु ५ प १७२९ नं.को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा चिनी, चियापत्ती, जिरा, नरिवल, पास्ता, चक्लेटलगायतका सामान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ६ बोगडीघाटबाट भन्सार छलि ल्याई बेबारिसे अवस्थामा रहेको आलु २ किवन्टल, कागती ४० के.जी. र प्याज २५०के.जी. बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनियाबाट लु ५ प ९२१८ न.को माटरसाइकल सहित ३ बोरा चिनी बरामद गरेको छ भने वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.८ अञ्चलपुरबाट कुर्ती सेट ५२ पिस,कुर्ती पिस ३५, सल १७९ पिस र रोल कपडा ६५० मिटर लगायत मिठाई तथा किराना सामान बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी चनौलिबगाहाबाट खटिएको प्रहरी टोलीले रोहिणि गाउँपालिका वडा नं. १ श्रीरामपुरमा बेबारिसे अबस्थामा रहेको आवरडर्म–केएमएफ ८डी नामको औषधी ३ हजार ८४० पिस बरामद गरेको छ भने प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांकृतिक नगरपालिका वडा नं. १३ ओडवलियाबाट माउन्टेन्टडिउ, स्प्राईट र कुसन सहितका सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले मिति रोहिणी गाउँपालिका वडा नं. ६ बिष्णुपुराबाट बोईलर कुखुरा २४ पिस र प्रहरी चौकी ठर्कीबाट खटिएको टोलीले मर्चवारी गाउँपालिका वडा नं. ६ ठर्काबाट लु ३ प ४६०६नं. को मोटरसाईकल सहित बोईलर कुखुरा ३२ पिस(९६के.जी.) वरामद रेको छ ।
यसैगरी अस्थायी प्रहरी चौकी ड्राईभरटोलबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं ३ शंकनगरमा लु १७ प १२३८ नं को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा मोटरसाइकल सहित बिल नभएका १० क्यारेट लिची र २ बोरा खुर्सानी बरामद गरेको छ भने अस्थायी प्रहरी बिट गल्लामण्डी भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीबाट बेवारिसे अवस्थामा रहेको ३ बोरा चिनी बरामद गरेको छ ।
बरामद भएका सबै सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

 

≪ Previous Post

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

Next Post ≫

पेट्रोलियम ब्यवसायीलाई पेट्रोलियम कारोवारमा सुरक्षा, गुणस्तर, परिमाण लागयतका बिषयमा प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क