Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0
प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई पूरा गर्यो र जित निकाल्यो । रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले अविजित ७० रन बनाए । ३७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । यस्तै, आरिफ खानले २१ र सिद्धार्थ ढकालले ११ रन जोडे । बलिङमा कपिलवस्तुका सुरज यादवले २ र कमरन अहमदले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा २८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुरज यादवले ४६ र रौनक श्रीवास्तवले २३ रन बनाए । बलिङमा रुपन्देहीका प्रिन्स पालले ३, सोइब हसन मुसलमान र सुरज रानाभाटले २–२ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच भए ।
यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बर्दियाले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै जम्मा ९६ रन बनायो । उसका लागि केशव विष्टले १७ तथा हेमन्त आचार्य र निराजन थापाले समान १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा बाँकेका निखिल धनकुट्टा र आषिश नाउले ३–३, भुवन शाहीले २ तथा निराजन चन्दले १ विकेट लिए ।


जवाफी ब्याटिङ गरेको बाँकेले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर ९७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा दियान्स बर्माले ४७ र निराजन चन्दले अविजित १२ रन जोडे । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३ तथा हेमन्त आचार्य, संयक जंग थापा र आयुष न्यौपानेले समान १–१ विकेट लिए । खेलमा बाँकेका निखिल धनकुट्टा प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा संचालन भइरहेको छ ।

≪ Previous Post

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन बुटवल उपमहानगरको पहल

Next Post ≫

भन्सार छलीका करिव २० लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क