तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार शैक्षिक पुरस्कार वितरण गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्राथमिक तहबाट २ सय ६५ र कक्षा १ देखि ९ सम्मका कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने १ सय ६४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएको हो ।
सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कौशिला रायमाझी, विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, मा.वि. तह संयोजक धर्मगत शर्मा, प्राथमिक तह संयोजक बसन्ती भण्डारी, कक्षा ४–५ संयोजक सीता पुर्जा लगायतले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
शान्ति नमुनामा क्लवहरू पुनर्गठन

रूपन्देहीको तिलोत्तमा ५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा विभिन्न क्लवहरूको पुनर्गठन गरिएको छ । १५ सदस्यीय बाल क्लबको अध्यक्षमा मेलिना घिमिरे, उपाध्यक्ष आकृति पाण्डे र सुमित गिरी, सचिवमा सुवेक्षा पाण्डे, कोषाध्यक्षमा नेत्र बानिया र सहसचिवमा विवेक मिश्र चयन हुनुभएको छ । यसैगरी युवा रेडक्रस सर्कलको १५ सदस्यीय नयाँ समिति गठन गरिएको छ । जसको अध्यक्षमा दिपिसा थापा, उपाध्यक्षमा ऋतिक गौतम, सचिवमा ईसा पुन, कोषाध्यक्षमा कृतिका न्यौपाने र सहसचिवमा समृद्धि ज्ञवाली रहनुभएको छ ।
यस्तै क्विज क्लबको अध्यक्षमा दर्पण बानिया, उपाध्यक्षमा कृतिका पोखरेल र कृतिका न्यौपाने रहनुभएको छ भने कोषाध्यक्षमा करणकुमार लोध चयन हुनुभएको छ ।