Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०८२ · 0
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते
130
SHARES
ShareTweet

बुटवल । शुक्रबार आएको हावाहुरीले ढालेको रुखले च्यापिएर नवलपरासीमा २ जानाको ज्यान गएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिनुभयो ।
हावाहुरीसहित आएको पानीबाट जोगिन सडक किनारमा रहेको प्रतीक्षालयमा ओत लागेको बेला रुख ढलेर प्रतीक्षालयमाथी बज्रिँदा प्रतीक्षालय भत्किन गइ च्यापिएर उनीहरूको मृत्यु भएको हो । उक्त घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।
घाइतेहरूमा सुनवल न.पा.–७ चारपालाकी नरमति परीयार, सुनवल न.पा.–७ चारपालाकै दुर्गेश्वरा खाम्चा मगर र सुनवल न.पा.–७ चारपालाकै अनिल थापा रहेका छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ समेतको कमाण्डमा टोली उद्धारका लागि घटना स्थल पुगेको थियो ।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका ९८ मैनिहवाकी १४ बर्षिया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ । तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएका बेला चोट लागेर घाइते भएकी केवटलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मोहनमणि अधिकारीले बताउनुभयो ।
यस्तै रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पु¥याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार लगाएत क्षेत्रका केही घरमा हावाहुरीले क्षति पु¥याएको हो भने केही ठाउँमा रुखहरू ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण नवलपरासी, रूपन्देही, कपिलवस्तु, कैलाली, बारा, कञ्चनपुर, सर्लाही, चितवन, कास्की, उदयपुर, सिराहा लगायतका जिल्लामा क्षति पुगेको बताइएको छ ।

≪ Previous Post

शान्ति नमुना मा.वि.मा शैक्षिक पुरस्कार वितरण

Next Post ≫

लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क