भैरहवा । रुपन्देही प्रहरीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा जेसीवी सहित चार सवारी साधन नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. १ मा अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा ना १ क ४३८०, लु १ क ६३५७ नं. को जेसीवी र लु ४ त ६२३३ र लु ४ त १७०४ नं. को ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका साधनहरुलाई आवश्यक कारवाहीको लागि कोटहीमाई गाउँपालिकाको कार्यालयमा पठाइएकोमा रु.२ लाख २५ हजार जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।
भन्सार छलीका अबैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अं.मुल्य रु.७ लाख ४० हजार ६५० बरावरको सामान, मोटरसाइकल तथा कुखुरा नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सुट १३० पिस, साडी ६७ पिस, मटर ५ बोरा, बिभिन्न किसिमका मिठाईहरु, चिनी ४ बोरा (१९० किलो), किराना सामानहरु, लु ४९ प १२६८, लु ३४ प ९८०, लु ३३ प ६७१७ र लु ३३ प ६७१७ को मोटरसाइकल तथा लु ४९ प ३७८५ नं.को स्कुटर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका अबैध सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
