Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0
हुण्डी कारोवार गर्ने भारतीय नागरिक सहित ३ जना  पक्राउ
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हुण्डीको कारोवारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बैङ्करोडमा लु ६८ प ४७९ नं.को मोटरसाईकलाई रोकी शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं.७ वस्ने बर्ष ३८ को दिनेश वनियाको साथबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार सहित पक्राउ गर्यो ।
प्रहरीले थप अनुसन्धान कार्यको लागि पक्राउ परेका बानियालाई रुपन्देही जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट हुण्डी सम्बन्धी कारोवार गर्न नहुने कसूरमा ७ दिन म्याद थप भई जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१२ मा हुण्डी कारोवार हुदै छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु, शुद्धोधन गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४६ को मसिउद्धिन फकिरलाई शंका लागि खानतलासी गर्दा निजले बोकेको कालो र खैरो रंगको झोला भित्र लुकाई छिपाई राखेको अबस्थामा नेपाली नोट रु.३ लाख ८६ हजार २०० र मोवाइल थान १ सहित पक्राउ गर्यो ।

थप अनुसन्धान कार्यको रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट हुण्डी सम्बन्धी कारोवार गर्न नहुने कसूरमा ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१२ मा हुण्डी कारोवार हुदैछ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले यूपी ५६ जे १६५३ नं.को मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा भारत नौतनवा बस्ने बर्ष ५० को कृष्ण अग्रहरीले वोकी आएको झोला खानतलाशी गर्दा कालो र खैरो रंगको झोला भित्र लुकाई छिपाई राखेको अबस्थामा श्रोत नखुलेको नेपाली नोट रु.८ लाख ३९ हजार ४५० र मोबाईल थान १ सहित फेला पारी पक्राउ गु्यो ।

थप अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट हुण्डी सम्बन्धी कारोवार गर्न नहुने कसूरमा ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

Next Post ≫

१२ बर्षिय बालिकालाई जबरजस्ती करणीको आरोपमा पाल्पामा एक युवक पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क