Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८२ · 0
एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध
80
SHARES
ShareTweet

भैरहवा, १ जेठ । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निर्णय प्रति सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुले विरोध जनाएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ काठमान्डौँ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निर्णय प्रति विरोध जनाएका हुन ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी नेपाल राजपत्रको मिति २०८१ चैत १४ को सूचना अनुसार चैत २० देखि एमआरपी सहितको लेवल अनिवार्य गरिएको छ ।
विहिवार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले पत्रकार सम्मेलन गरी सरकारले ७ दिनको समय सिमा तोकेर अनिवार्य एम.आर.पी. सहितको लेवल लगाउन राजपत्रमा प्रकाशित गरेको सूचना गलत भएको जनाएको छ ।
कोभिड १९ र विश्वव्यापी मन्दी लगायत बैंक व्याज, विद्युत महसुल लगायतका कारण संकट परेका उद्योगहरुलाई छोटो समय दिएर गरिएको सूचना समय सापेक्ष नभएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
चारवटा उद्योग वाणिज्य संघले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति वाचन गर्दै अध्यक्ष आचार्यले नीजि क्षेत्र एम.आर.पी. सहितको लेवलको पक्षमा भएको तर सरकारले हचुवाको भरमा लागु गर्न खोज्नु गलत भएको बताउनुभयो ।
यहाँको भौगोलिक विविधता तथा विकटताको कारण एम.आर.पी. पनि स्थान अनुसार फरक–फरक राख्नपर्ने नीति हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति राजेश अग्रवालले सरकार सधै नीजि क्षेत्रलाई धरासायी बनाउने तर्फ अग्रसर भएको भन्दै नीजिक्षेत्र संगको छलफल विना लागु गरिएको एम.आर.पी. सहितको लेवललाई कार्यान्वयन गर्न जटिलता आएको बताउनु भयो
उद्योगवाट उत्पादन भएर बजारमा पुगिसकेको सामानलाई सात दिन भित्र एम.आर.पी. लगाउन कठिन हुने भएकाले सरकारले प्रकाशित गरेको सूचना नीजि क्षेत्र संग छलफल गरेर लागुगर्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्मा, संघका उपाध्यक्ष हरि थापा र महासचिव कृष्ण प्रसाद घिमिरेले एम.आर.पी. सहितको लेवल सवैको पक्षमा हुनुपर्ने बताउनुभयो ।

≪ Previous Post

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

Next Post ≫

अबैध माटो उत्खनन् तथा ओसारप्रसारमा संलग्न जेसीवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क