Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १९ बर्ष पछि पक्राउ
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई १९ बर्ष पछि पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मिति २०६३ साल भदौ २८ गते जिल्लाको साबिक बगौली गा.बि.स. वडा नं. ५ हाल मर्चवारी गाउँपालिका वडा नं. ६ बगौली बस्ने वर्ष ३५ को दशरथ कुर्मी लगाएतका व्यक्तिहरुले जिल्ला रुपन्देही साबिक सिलौटिया गा.बि.स. वडा नं. १ हालमर्चवारी गाउँपालिका वडा नं. ४ महादेवा बस्ने वर्ष ३५ को पुजारी कुर्मीलाई घरबाट लिई गई कर्तव्य गरी हत्या गरेका थिए । निज पुजारी कुर्मीको शब हत्या भएको ४ दिन पछि भदौ ३१ गते दिउँसो सोही ठाउँ स्थित धान खेतमा सडी गलि सकेको अवस्थामा फेला परेको थियो ।
सोही घटना देखि फरार रहेका अभियुक्तहरुलाई खोजतलास एवम् अनुसन्धान गर्दै जादाँ इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल घरतर्फ आउदै गर्दा २०८२ साल बैशाख २८ गते जिल्लाको मर्चवारी गाउँपालिका वडा नं.३ सुरहवा खोलाबाट फरार अभियुक्त दशरथ कुर्मीलाई १९ बर्ष पछि पक्राउ गरेको हो ।
पक्राउ परेका कुर्मीलाई रुपन्देही जिल्ला अदालतको आदेशमा ५ दिनको म्याद थप भई हाल इलाका प्रहरी कार्यालय मर्चवारबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

आठ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

Next Post ≫

एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारी निर्णयको संघसंस्थाद्वारा विरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क