भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु ८ लाख २८ हजार ७५ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले साडी १३९ पिस, चिनी ४४० के.जी., जिउदो बोईलर कुखुरा १८३ गोटा ३८० के.जी., किराना सामानहरु, तुथपेष्ट १० कार्टुन, एक जना मानिस, तथा लु २१ प ८४४४, लु ३१ प १४३३, युपी ५६ एसी ४७०३ र लु ५० प ९४७३ नंम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद भएका सामान तथा कुखुरा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको जनाएको छ ।
