बुटवल । नदीजन्य पदार्थ चोरीमा संलग्न रहेको आरोपमा रूपन्देहीको ओमसतियाबाट प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको टोलीले मंगलबार ओमसतिया–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।
सूचना अधिकारी कार्कीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले ६० हजार रुपैयाँ जरिवाना गरेको छ ।