Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0
११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी
120
SHARES
ShareTweet

बुटवल । बुटवलमा आयोजित ११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधी दाङका माधव सुबेदी र नवलपरासीकी रुबिना कुँवरले हातपारेका छन् । फाइनल राउन्डमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै माधव सुवेदी च्याम्पियन बन्न सफल भएका हुन् ।

लुम्बिनीसहित गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेशका ५३ जना खेलाडी सहभागि रहेको सो प्रतियोगितामा ६५ केजी तौल समूहबाट बिजेता भइ फाईनल चरणमा पुगेका सुवेदी ओभरअल च्याम्पियन बन्न सफल भए ।

बिभिन्न तौल समूहबाट प्रथम बन्दै छनौट चरण पार गरेका ५ जना बिजेता खेलाडीहरुले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको सो प्रतियोगितामा महिला फिजिक्स तर्फको उपाधी भने नवलपरासीकी रुबिना कुँवरले हात पारिन । उनले नगद २० हजार पुरस्कार सहित मेडल, प्रमाण–पत्र र ट्रफि प्राप्त गरिन् ।

यस्तै अर्घाखाँचीकी रिता बिश्वकर्मा र रुपन्देहीकी चुनु पुन क्रमशं दोश्रो र तेश्रो भए । उनीहरुले मेडल, प्रमाणपत्र तथा ट्रफि सहित क्रमशः नगद १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । महिलातर्फ भने ५ जना मात्र खेलाडी सहभागि भएका थिए ।

प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ रुपन्देहीका बिनोद कुमार थापा प्रथम, रुपन्देहीकै सागर विक दोश्रो र बाँकेका करन बडिया तृतीय भए । यस्तै ६० केजी तौल समूहमा कपिलबस्तुका सुरेन्द्र कुमार बर्मा प्रथम, गण्डकी प्रदेशका इश्वर गुरुङ द्वितीय र कास्कीका सुजन थापा तृतीय भए ।

६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका गौतम राना द्वितीय र दाङका प्रतिक चौधरी तेस्रो बनेका छन् ।

यस्तैगरि ७० केजी तौल समूहमा दाङका माधव सुवेदी प्रथम, गण्डकी प्रदेश तनहुँका सन्तोष श्रेष्ठ द्वितीय र सुदुरपश्चिम धनगढीका उदय खड्का तृतीय भए भने ७० केजी तौल भन्दा माथिको समूहमा दाङका दिपजंङ्ग मगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ द्वितीय र रुपन्देहीकै अनिश थापा तृतीय भएका छन् । प्रत्येक तौल समूहमा प्रथम, दोश्रो र तेस्रो भएका खेलाडीहरुले मेडल, प्रमाणपत्र सहित जनही क्रमशः १० हजार ८ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेकाछन् ।

११ औँ बुटवल श्री को उपाधिसंगै सुवेदीले १ लाख नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय,संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठलगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

≪ Previous Post

नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधनलाई ६० हजार जरिवाना

Next Post ≫

देशभरका शिक्षक कर्मचारीहरु आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलनमा उत्रिँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क