Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर वनबाटिकामा चुनावी सरगर्मी, खरेल नेतृत्वको प्यानलले गर्यो २४ बुंदे प्रतिवद्धता सार्वजनिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर वनबाटिकामा चुनावी सरगर्मी, खरेल नेतृत्वको प्यानलले गर्यो २४ बुंदे प्रतिवद्धता सार्वजनिक

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८१ · 0
शंकरनगर वनबाटिकामा चुनावी सरगर्मी, खरेल नेतृत्वको प्यानलले गर्यो २४ बुंदे प्रतिवद्धता सार्वजनिक
120
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा चुनावी माहोल सुरु भएको छ । वनवाटिकाको चौथो अधिवेशनबाट नयाँ नेतृत्वका लागि बिभिन्न ब्यक्तिहरुले बिभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेदवार किरण खरेलले आफ्नो समूहको २४ बुँदे प्रतिवद्धतापत्र जारी गर्नुभएको छ । बनबाटिकामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार खरेलले चार वर्षको प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहांले प्रतिवद्धतापत्रमा आफूले गर्न सकिने र सम्भव हुने कामलाई मात्रै प्राथमिकता दिएको बताउनुभयो । प्रतिवद्धतापत्रमा उल्लेख गरिएका सबै काम बुँदागत रुपमा अघि बढाउने उहांले बताउनुभयो ।

सबै संरचना पूरा भएको वनवाटिका जस्तै नमूना पार्क नेपालमा अन्यत्र कतै नरहेको खरेलले दाबी गर्नुभयो । अहिलेसम्म बनबाटिकामा आर्थिक पारदर्शिताको अभाव रहेको भन्दै खरेलले यसलाई ब्यवस्थित गर्दै अघि बढ्ने र सफ्टवेयर प्रणाली, अनलाईन सिस्टमलाई थप ब्यवस्थित ढंगले अगाडि बढाइने उल्लेख गर्नुभयो । प्रविधिको जमाना अनुसार ब्यवस्थापनमा जोड दिइएको र निर्माणको क्रममा टेण्डर प्रणाली अघि बढाउने लक्ष्य समेत रहेको उहांले बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठवन्धनबाट बनेको आफ्नो टिम समावेशी भएको उहांको दाबी छ । “सबै खाले राजनितिक दलसँग समन्वय गरिएको छ”– अध्यक्ष पदका उम्मेदवार खरेलले भन्नुभयो । कुल १४ पद मध्य नेकपा एमालेलाई अध्यक्ष, कोषाध्यक्ष, कार्यसमिति सदस्य ३ र लेखा समितिका दुई सदस्य भागमा परेको छ । यस्तै नेपाली काँग्रेसको भागमा उपाध्यक्ष र सचिव सहित ४ सदस्य र लेखा समिति संयोजक परेको छ । दुई दलले यसरी पद भागवण्डा गरेर खरेल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । कांग्रेसको भागमा परेको लेखा समिति संयोजक पदमा प्रदिप पराजुली निर्विरोध भैसक्नुभएको छ ।
एमाले कांग्रेसको गठबन्धन अनुसार अध्यक्षमा किरण खरेल, उपाध्यक्षमा मिनप्रसाद देवकोटा, सचिवमा हरिकला अधिकारी(कमला), कोषाध्यक्षमा मनिराम भट्टराईको उम्मेदवारी परेको छ । यस्तै कार्यसमिति सदस्यमा मनोज खड्का, बिन्दु ढकाल, सरस्वती बराल, शँकर भण्डारी, पार्वती क्षेत्री, राजुप्रसाद उपाध्याय र लक्ष्मण मल्ल तथा लेखा समिति सदस्यमा विष्णुप्रसाद सुवेदी र मिठुमाया पौडेलको उम्मेदवारी परेको छ ।
७७३ जना सदस्यहरु रहेको वनवाटिकामा १० लाख रुपैयाँ मासिक संचालन खर्च हुने गरेको छ । वनवाटिका ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।
बनबाटिकाको निर्वाचन यही चैत २२ गते हुनेछ । लेखा समिति संयोजक बाहेक सबै पदमा निर्वाचन हुनेछ ।

≪ Previous Post

रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन

Next Post ≫

नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधनलाई ६० हजार जरिवाना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क