Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अर्घाखाँचीमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँचीमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0
अर्घाखाँचीमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
110
SHARES
ShareTweet

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ भुवनपाटामा आज भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस भुवनपाटा स्थित सडकबाट खसेर दुर्घटना भएको हो ।

बस दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, पश्चिम नवलपरासी भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र उमाकी सासु ६५ वर्षीय (नाम नखुलेकी) रहेका छन् ।

दुर्घटनामा पश्चिम नवलपरासी बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशिष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीको अवस्था गम्भीर भएकोले थप उपचारका लागि बुटवल रेफर गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार नवलपरासीबाट अर्घाखाँची भ्रमण गरेर फर्किने क्रममा ओरालोमा ब्रेक फेल भई बस दुर्घटनामा परेको अनुमान गरिएको छ ।

≪ Previous Post

बुटवलमा भएको सवारी दुर्घटनामा तिलोत्तमा २ का वडा सदस्य पाठकको मृत्यु

Next Post ≫

रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क