Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · १३ फाल्गुन २०८१ · 0
चोरीमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा, ६ लाख बढिको अवैध सामान वरामद
110
SHARES
ShareTweet

भैरहवा । रुपन्देही प्रहरीले अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले यही फागुन ११ गतेका दिन सियारी गाउँपालिका वडा नं. ७ अमुवा स्थित नदी खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले लु २ त ३१३९ नम्बर र लु ४ त ५४४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सियारी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले रु.९० हजार जरिवाना तिराएको प्रहरीले जनाएको छ ।

भन्सार छलीका अबैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले फागुन ११ र १२ गतेका दिन जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷ पैठारी गरेको अवस्थामा ६ लाख बढिको सामान वरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं.९ इट्टाभट्टीबाट जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.४ बस्ने बर्ष २५ को सुरेन्द्र गडेरिया पाललाइ हाते रुमाल र मोजा गरी करिव ५२ हजार ६८० रुपैयाँ बराबरको सामान सहित नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डीबाट रा १ ह ४२३४ नं. को ई–रिक्सामा लोड गरिएको अवस्थामा बदाम दाना २ बोरा, मटर दाना ९ बोरा र ई–रिक्सा सहित करिव २ लाख ३७ हजार ६०० बराबरको सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं.७ सितलनगरबाट बेवारिसे अवस्थामा रहेको ३ बोरा २३३ पिस लेडिज सुट करिव ३ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको कपडाहरु बरामद गरेको छ ।
वरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवल ब्याड्मिन्टन क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने

Next Post ≫

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान, प्रधानमन्त्री कप सञ्चालनको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क