बुटवल ब्याडमिन्टन क्लबले नवदिलिप कभर्ड हलमा सोमबार पत्रकार सम्मेलन गरि चैत ७-९ सम्म ३ दिने प्रतियोगिताको तयारीको लागि विभिन्न उपससमिति गठन गरिएको क्लबका द्घित्तीय उपाध्यक्ष तथा खेल संयोजक शम्भु भट्टराईले जानकारी गराउनुभयो ।
मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा प्रतियोगिताका खेलहरु खेलाईने भट्टराईले बताउनुभयो ।
मेन्स सिगलका प्रथम, द्घित्तीय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि वुमन्स सिगलका प्रथम, द्घित्तीय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मेन्स डबल्समा प्रथम, द्घित्तीय र तृतिय टिमलाइ नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्घित्तीय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्घित्तीय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्घित्तीय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।
प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढी दर्शकबाट खेल अवलोकन हुने आयोजकको भनाई छ । आयोजकका अनुसार प्रतियोगितामा करिब साढे २६ लाख रुपैया खर्च हुने अनुमान छ।
कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय रेङकिङका खेलाडीहरुले सहभागिता जनाउने बताउनुभयो ।
खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिताको निरन्तरता जरुरी रहेको उहाले बताउनुभयो । खेल गतिविधिसंगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिदै आएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । उहाका अनुसार क्लबले प्रतियोगिताका अलावा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन, राष्ट्रिय प्रशिक्षकबाट युवा खेलाडीहरुलाई प्रशिक्षण, राष्ट्रिय स्तरका एम्पायर उत्पादनमा समेत योगदान दिदै आएको छ। यसैगरि क्लबमार्फत विभिन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, क्षेत्रियस्तरको ५ पटक, राष्ट्रियस्तरको २ पटक, अन्तरविद्यालय प्रतियोगिता ३ पटक र मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता गरिएको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गोपाल टण्डन, पुर्व अध्यक्ष रमेश बहादुर थापा, सह संयोजक बालदर गोदारले खेल गतिविधि संचालनमा विभिन्न खेलप्रेमीहरुको सहयोग रहदै आएको बताउनुभयो ।
दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेको सचिव भानु केसीले जानकारी गराउनुभयो । सचिव के सीका अनुरार बुटवल ब्याडमिन्टन क्लबमा ३४ जना आजीवन र ६५ जना साधारण गरि ९९ जना सदस्यहरु रहेका छन।