Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0
लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम
70
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा देशभरका अस्पतालहरुमा प्रथम भएको छ । लगातार उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको प्रादेशिक अस्पतालले यस वर्ष पनि “सेकेण्डरी बी“ लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।

अस्पतालमा आइतबार आयोजित सेवा मुल्याङ्कन समिक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गर्नुभयो । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरी प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त नतिजा प्रयाप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । श्रेष्ठले न्युनतम सेवा मुल्याङ्कनका मादण्ड अनुसारका आधारभुत कुराहरुको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहांले सरकारले नीति बनाउँदा कार्यन्वयनको पाटोलाई समेत ध्यान राख्न आग्रह गर्नुभयो । यसैगरी अस्पतालको निर्माणाधिन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखिनै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भाबी योजना बारे जानकारी गराउनुभयो । अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरु भएको जानकारी गराउनुभयो । वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधनगरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको पनि उहांले बताउनुभयो ।
उहांले अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भैरहेको उल्लेख गर्नुभयो । अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

Next Post ≫

बुटवल ब्याड्मिन्टन क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क