Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0
पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने
70
SHARES
ShareTweet
 बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले सो कुराको जानकारी दिनुभएको हो । मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लडाईकै रुपमा मनाउने भएपनि त्यसमा थप केहि रचनात्मक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष बसन्ती साठिघरेले जानकारी दिनुभएको छ ।
पाँच दिवसीय कार्यक्रम अनुसार पत्रकारहरुसंग भेट्घाट, समसामयिक विषयमा अन्तरक्रिया, अस्पतालमा फलफूल वितरण, बाजेबजै थानमा सरसफाई र फागुन १५ गते बुटवलमा मूल समारोह गरेर मगर दिवसको समापन गरिने छ ।
सो अवसरमा बोल्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले मगर दिवसको अवसरमा रुपन्देहीका स्थानीय तहहरुसंग सार्वजनिक विदाको लागि माग गर्नुभएको छ । रुपन्देहीमा करिब दुई लाख मगरहरुको बसोबास रहेको उल्लेख गर्दै उहाँले मगर दिवसमा सार्वजनिक बिदा दिनको लागि स्थानीय तहहरुले कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभएको छ । स्थानीय तहहरुले मगर दिवसको दिन सार्वजनिक विदालाई आफ्नो क्यालेण्डरमा समावेश गर्नका लागि पनि जिल्ला अध्यक्ष बारघरेले आग्रह गर्नुभएको छ । संघको यो आग्रह अहिले शालीन ढङ्गमा गरिएको र यसलाई सुनुवाई नगरी अटेर गरेमा आगामी वर्ष ‘रुपन्देही बन्द’ सम्मको कार्यक्रम आयोजना गरिने चेतावनी दिनुभएको छ । यसबाहेक मगर समुदायको भाषालाई लुम्विनी प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने, नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका मागहरु राज्यले तत्काल पुरा गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
सो अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुमगर, सचिव हेमन्त बुढाथोकीमगर लगायतले बोल्नुभएको थियो ।
≪ Previous Post

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मुल्याङ्कनमा नेपालमै प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क