Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0
शाइन रेसुगां बैकले मनायो १७ औं वार्षिकोत्सव: पत्रकार दामोदर खनाल पुरस्कृत
110
SHARES
ShareTweet

बुटवल । बुटवलमा सञ्चालित शाइन रेसुङ्गा बैंकले १६ वर्षको अबधीमा अधिकृत पुजी ८ अर्व बनाएको छ । २०६५ सालमा स्थापना भएको बैंकले आईतबार १७ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो आर्थिक कारोवारबारे सार्वजनिक गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गरी अधिकृत पुजी ८ अर्व र चुक्ता पुजी ४ अर्व ८७ करोड रहेको बताएको छ ।
काठमाण्डौ बाहिर मोफसलमा केन्द्रिय कार्यलय रहेको शाइन बैंकले २०८१ पुस मसान्तसम्मको वित्तिय विवरण अनुसार रु ६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत र मुद्दती निक्षेप ५६.७४ प्रतिशत कुल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको जानकारी गराएको छ ।
त्यस्तै कर्जा लगानीमा ५७ अर्ब ४९ करोड रहेकोमा व्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५१.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, अन्य व्यवसाय कर्जा जस्तै अस्पताल, शिक्षा आदिमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत पौडेललका अनुसार राज्यको दाखिला अन्तरगत आर्थिक वर्ष २०८०।०८१ म ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टितर्फ रु ३५ करोड ५७ लाख ८० हजार, आयकरतर्फ रु ३७ करोड ६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरिएको छ ।
त्यसतै चालु आर्थिक वर्ष २०८१।०८२ को पुस मसान्तसम्म अग्रिम आयकरतर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर पारिश्रमिक कर, लाभांस कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्टितर्फ रु १६ करोड ९३ लाख ६४ हजार गरी कुल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ ।
देशभर कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लुम्बिनी प्रदेशका रोल्पा रुकुमबाहेक १० जिल्लामा ७२ वटा शाखा कार्यालय र एउटा एक्सटेसन्सन कार्यालयहरु सञ्चालनमा छन् ।
७ लाख ३५ हजार बढी ग्राहक संख्या रहेको र ७ सय ७० जना कर्मचारी कार्यरत रहेको बैंकले बताएको छ । जसमा पुरुष कर्मचारी ६१.५५ प्रतिशत र महिला कर्मचारी ३८.४५ प्रतिशत रहेकोसमेत बैंकले जानकारी गराएको छ ।
वित्तिय क्षेत्रका बाबाजुद सामाजिक क्षेत्रमा काम गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व अनुसार बातावारण संरक्षण, शिक्षा, स्वास्थ्य र खेलकुंदको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको छ ।
बैंकले आफ्नो १७ औं वार्षिकोत्सवका अबसरमा उत्कृष्ट शाखाहरुलाई अवार्ड प्रदान गर्दै सम्मान गरेको छ ।
बर्दियाको बडरनिया शाखा, रुपन्देहीको सुर्यपुरा शाखा, प्यूठान विजुवारको शाखा, गुल्मी खैरेनिको शाखा र बुटवलको योगिकुटी शाखालाई उत्कृष्ट शाखाको रुपमा बैंकले अवार्डसहित सम्मान गरेको हो ।


शाइन डेभलपमेण्ट बैंकले स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दामोदर खनाललाई सम्मान गरेको छ ।
३२ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार दामोदर खनाललाई बैंकका अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले रु ५० हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गर्दै सम्मान गर्नुभएको हो ।


सोही कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले वित्तिय कारोवारसंगै समाजप्रति उत्तरदायी भएर सामाजिक काम गरिएको बताउनुभयो । उहाले अग्रणी बैंकको रुपमा बैकं स्थापित भैसकेको बताउंदै स्वास्थ्यलाइ दृष्टिगत गरी दौड प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तरता दिइने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकले सफलता प्राप्त गरेको बताउंदै दौड प्रतियोगिताले स्वास्थ्यमा लाभ पुराउने बताउनुभयो। बैंकले आइतबार आफ्नै कार्यालय परिषरबाट दौडप्रतियोगिताको आयोजना र रुपन्देही तिलोत्तमास्थित मणिग्रामको ड्रिमल्याण्ड होटलमा विशेष कार्यक्रमको आयोजना गरि १७ औं वार्षिकोत्सव मनाएको हो

 

≪ Previous Post

सन्तोषी र मिङमारले जिते साइन दौड प्रतियोगिताको उपाधी

Next Post ≫

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क