Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0
सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड
80
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७ औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ ।

स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल बन्दै गएकोे भन्दै वक्ताहरुले पर्यटनलाई विशेष प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखे ।

जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको जनाउनुभयो । मानव संसाधनको विकास गरी नगरलाई पर्यटनको हब बनाउनुपर्ने उहांको सुझाव छ । ‘भारतसँग सीमा जोडिएका कारण पनि नगरमा पर्यटनको सबैभन्दा राम्रो सम्भावना छ’, उहांले भन्नुभयो, ‘यसका लागि सबै जनप्रतिनिधि एकढिक्का भएर काम गरे नगरले पर्यटनका माध्यमबाट आफ्नो पहिचान स्थापित गर्नसक्छ ।’ चपाईंले जनप्रतिनिधिहरु जनताका कामप्रति कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आमनागरिकमा स्थानीय सरकारप्रति थप विश्वास बढिरहेकाले कार्यसम्पादन चुस्त हुनुपर्नेमा जोड दिनुभयो । नगरले पछिल्ला वर्षहरुमा गरेको भौतिक, मानवीय र अन्य विकास सह्रानीय रहेको जनाउँदै औद्योगिक र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउन सुझाव दिनुभयो ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण लगायतलाई आफूहरुले प्राथमिकतामा राखेको जनाउनुभयो । ‘नगरलाई सुन्दरीकरण गरी अधिक पर्यटक यहाँ आउने वातावरण सिर्जना गर्न हामी लागि परेका छौं’, उहांले भन्नुभयोे, ‘निजी क्षेत्र र आमनगरबासीको साथ लिएर काम गरिरहेका छौं । आउँदा दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा राखेका छौं ।’ बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत भएकाले यहाँ पर्यटनको अधिक सम्भावना रहेको उहांले उल्लेख गर्नुभयो । भारतीय पर्यटकले सीमा क्षेत्रमा पाउँदै आएको दुःखलाई अन्त्य गर्न सबै सरकारी निकायसँग समन्वय गरेर काम गरिरहेको उहांको भनाई छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सिद्धार्थनगर पर्यटनका लागि नै बनेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । पालिकाले गरेको कार्यसम्पादन उत्कृष्ट रहेको उहांले उल्लेख गर्नुभयो ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याल र कपिलवस्तुको बाणगंगा नगरपालिका उपप्रमुख रीताकुमारी चौधरीले सिद्धार्थनगरको विकास मुलुकमै हेर्न लायक भएको जनाउनुभयो ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहांले महिलाहरुलाई हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढ्न आग्रह गर्दै नगरपालिकाको टिमवर्कका कारण धेरै राम्रा र सकारात्मक कामले गति लिएको भनाई राख्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, प्राध्यापक डा.गितु गिरी, पूर्वनगर प्रमुखहरु हरिप्रसाद अधिकारी, सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव, २ का छेदीलाल श्रीवास्तवले बोल्दै नगरको विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष नेत्रप्रसाद आचार्य, सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बोल्दै निजी क्षेत्र सधैं नगरपालिकासँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको जनाउनुभयो । उहांहरुले यहाँको सम्भावना औद्योगिक र पर्यटन क्षेत्र रहेको चर्चा गर्दै यसका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
्
कार्यक्रममा तीन पटक वा सो भन्दा बढीपटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरु भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो । यस्तै, प्रमुख प्रशसकीय अधिकृत जनक थापा, विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संघसंस्थाका प्रमुख तथा समाजसेवीहरुलाई समेत सम्मान गरिएको थियो । यस्तै, संघसंस्थाहरुबाट नगरमा धेरै कर बुझाउने भैरहवा मेडिकल कलेज र व्यक्तिगततर्फ धेरै कर बुझाउने गोमादेवी पौडेल उप्रेतीलाई पनि सम्मान गरिएको कर्मचारी प्रशासन महाशाखाका प्रमुख देव ज्ञवालीले जानकारी दिनुभयो ।

मूल समारोह अघि भैरहवाका ४० बढी संघसंस्थाहरुको उपस्थितिमा नगरपालिकाको कार्यालयदेखि महेन्द्र सभागृहसम्म प्रभातफेरि समेत गरिएको थियो ।
वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाणस्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा नगरपालिकाले आइतबार जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट र महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच सोमबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो । यी कार्यक्रममा विजयी टिमलाई समारोहमा पुरस्कार वितरण गरिएको थियो । दिवसका अवसरमा मंगलबार सिद्धार्थनरमा स्थानीय विदा समेत दिइएको थियो ।

≪ Previous Post

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

Next Post ≫

तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क