Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0
तिलोत्तमाको श्रृङ्गेश्वरधाममा श्रीमद्भागवत ज्ञान–विज्ञान धार्मिक महामहोत्सवको तयारी
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ स्थित श्रृङ्गेश्वर धाम एवं ज्येष्ठ नागरिक मिलन केन्द्रको गुरुयोजना पूरा गर्न धाम परिषरमा बिहीबारदेखि महायज्ञ लगाइने भएको छ । मन्दिर परिषरको संरचनासंगै ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिषरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान–विज्ञान श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको श्रृङ्गेश्वरधाम एवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराउनुभयो ।

महायज्ञको बिहिबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुहुनेछ भने विहान शोभा कलश यात्रा गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष एवम महायज्ञ सम्पादन समितिका संयोजक यदुनाथ पाण्डेले बताउनुभयो । संयोजक पाण्डेका अनुसार महायज्ञबाट संकलित रकम ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणमा खर्च गरिने छ ।

मन्दिरको बृहत् भौतिक संरचना निर्माण संगै ज्येष्ठ नागरिक मिलन केन्द्रको लागि आवश्यक भवन, ज्येष्ठ नागरिकको सेवा एवं प्राकृतिक चिकित्सा उपलब्ध गराउन माघ २४ गतेदेखि फागुन २ गतेसम्म सुप्रसिद्ध कथाबचक पुज्य आचार्य ओमप्रकाश सुवेदी प्रमुख बाचकका रुपमा रहने यज्ञ आयोजक मूल समितिका संयोजक पाण्डेले जानकारी दिनुभयो । महायज्ञको अवसरमा बिहीबार बिहान १० बजे धाम देखि कलश यात्रा शुरु भई योगिकुटी स्थित होटल पौवा, सिता राइस मिल चोकहुंदै कलश यात्रा धाम परिषरमा पुग्नेछ ।

महायज्ञ अवधिभर योग एवं ध्यान शिविर, कथा प्रवचन भजन, सामूहिक ब्रतबन्ध, चौरासी पुजा, ग्रह शान्ति, तुलादान, रुद्राभिसेक, बिशेष कर्म समेत गरिने भएको छ भने भगवानको झाँकी प्रदर्शन गर्नुको साथै लाखबत्ती प्रज्ज्वलन तथा रात्रि जागरण समेत गरिने धाम तथा ज्येष्ठ नागरिक मिलन केन्द्रका प्रमुख संरक्षक डा.नारायण प्रसाद पन्थले बताउनुभयो । समितिले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक खिमानन्द भट्टराईले महायज्ञ संचालन सप्ताह अवधिभर सो पुनित कार्यमा सहभागी हुन सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ–संस्था र समुदायलाई आग्रह गर्नुभयो ।
धाम परिषरमा निर्माण गरिने ५ तले ज्येष्ठ नागरिक मिलन केन्द्र भवनको सोमबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको थियो । गुरुयोजना अनुसार काम पूरा गर्ने क्रममा रहेको धामले हालसम्म बिभिन्न संरचना निर्माणमा ६ करोड बढी खर्च गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । ज्येष्ठ नागरिक मिलन केन्द्रले ९० जना ज्येष्ठ नागरिकहरुलाई दिवा कालिन सेवा उपलब्ध गराउंदै आएको छ ।

≪ Previous Post

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

Next Post ≫

बिभिन्न मुद्धाका १२ जना फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क