Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

संसारपोस्ट संवाददाता · २२ माघ २०८१ · 0
रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित
110
SHARES
ShareTweet

भैरहवा । न्यु होराइजन क्रिकेट क्लबका निश्चल ज्ञवालीको अलराउण्ड प्रदर्शन र अन्य बलर चम्किँदा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोजले लज्जास्पद हार व्यहोरेको छ । प्रतियेगिता अन्तर्गत मंगलबार भएको ‘ए’ डिभिजनको खेलमा न्यू होराइजनले बुटवल राइनोजलाई २८ रनमै अलआउट गर्दै ८३ रनको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरको खेलमा १८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । तर, जवाफी ब्याटिङ गरेको बुटवल राइनोज ११ ओभर २ बलमा २८ रन जोड्दा अलआउट भयो र प्रतियोगितामा सबैभन्दा कम स्कोर बनाउने टिमको इतिहास समेत बनायो । उसलाई सस्तैमा रोक्न न्यू होराइजनका निश्चल ज्ञवालीले ४ ओभर बलिङ गर्दै ६ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रिन्स पालले ५ ओभर २ बलमा २ मेर्डनसहित १२ रन खर्चेर ५ विकेट नै लिए ।
न्यू होराइजनका निश्चल ज्ञवालीले ७७ रनको अर्धशतकीय पारी खेले पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाही, शुभम घमाल र इमरान शेषले समान २–२ तथा सुरज सारु, सुप्रिम कँडेल र शिव कुँवरले १–१ विकेट लिए । बुटवलका सुनिल गुरुङले सर्वाधिक ८ रन बनाए । उसका ६ खेलाडी शून्य रनमै प्याभेलियन फर्किए । खेलमा अलराउण्ड प्रदर्शन गरेका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो ।

≪ Previous Post

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

Next Post ≫

सिद्धार्थनगरको स्थापना दिवसः औद्योगिक र पर्यटकीय विकासमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क