बुटवल । लाफा समूह बुटवलले आयोजना गरेको आठौं लाफा मेयर कप ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फको उपाधि कास्कीका बिधान अधिकारी र पबिन लिथेकले जितेका छन् । उनीहरूले आयोजक लाफा समूहका बलराम क्षेत्री र बिबेक न्यौपानेको टिमलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् ।
जितसँगै बिधान र पबिनले नगद ८० हजार सहित कप र मेडल हात पारेका छन्, भने उपविजेता बनेका लाफा समूहका बिबेक र बलरामले ५० हजार नगद सहित कप र मेडलमा चित बुझाएका छन् । त्यस्तै, लाफाका विनोद पौडेल र अरबिन क्षीपालीको जोडी तथा सुजन थापा र राम मल्ल ठकुरी धादिङले तेस्रो पुरस्कार हात पारेका छन् ।
भेटान्स तर्फ भएको फाइनल खेलमा तनहुँका केवल न्यौपाने र मान बहादुर राना को जोडीले उपाधि जितेका छन् । उनीहरूले कास्कीका सम्भु लेष्ट र राजेन्द्र वाग्लेलाई हराउँदै नगद ३० हजार नगद, कप मेडल र प्रमाणपत्र हात पारेका छन् । उपविजेता बनेका राजेन्द्र र सम्भु ले नगद २० हजार र कप मेडल हात पारेका छन् । तेस्रो स्थानको पुरस्कार बुटबल ब्याडमिन्टन क्लबका गोपाल टन्डन र अशोक प्रधान तथा बुटबल ब्याडमिन्टन क्लबकै पंकज ज्ञवाली र दिलिप गौचनले जितेका छन् ।
भूपू तर्फको प्रतियोगिताको उपाधी चितवनका बेल लिष र कुसल गुरुङले हात पारेका छन् । उनीहरूले नगद ३० हजार नगद सहित कप र मेडल हात पारेका छन । चितवनकै योबहादुर गुरुङ र लोसन तामाङ उपविजेता बन्न सफल भए । प्रतियोगितामा पाल्पाका खेम सारू, डम्बर राना तथा पुरन घर्ती र थन्क सुर्यबँशी तेस्रो भए ।
यसैगरी, सुपर भेटान्स तर्फ बुटबलका राजु गुरुङ र सुदिप योजनले उपाधि जितेका छन् । उनीहरूले ३० हजार नगद, कप, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै, ३० ओभर को खेलमा कास्कीका बिसाल खडका र सुरज महर्जनको जोडीले उपाधि जितेका छन् । उनीहरूले नगद ३० हजार नगद सहित कप र मेडल हात पारेका छन् ।
क्लबका अध्यक्ष बबिन थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कास्कीका बिधान अधिकारीलाई सम्मान गर्ने बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, बुटबल ८ का वडा अध्यक्ष यज्ञ पँगेनी, कानूनी सल्लाहाकार कृष्ण रोक्का, वरिष्ठ उपाध्यक्ष ज्ञानु सारू, सचिव टिप राना लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।