Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

संसारपोस्ट संवाददाता · १९ माघ २०८१ · 0
लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई
100
SHARES
ShareTweet

बुटवल । लाफा समूह बुटवलले आयोजना गरेको आठौं लाफा मेयर कप ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फको उपाधि कास्कीका बिधान अधिकारी र पबिन लिथेकले जितेका छन् । उनीहरूले आयोजक लाफा समूहका बलराम क्षेत्री र बिबेक न्यौपानेको टिमलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् ।

जितसँगै बिधान र पबिनले नगद ८० हजार सहित कप र मेडल हात पारेका छन्, भने उपविजेता बनेका लाफा समूहका बिबेक र बलरामले ५० हजार नगद सहित कप र मेडलमा चित बुझाएका छन् । त्यस्तै, लाफाका विनोद पौडेल र अरबिन क्षीपालीको जोडी तथा सुजन थापा र राम मल्ल ठकुरी धादिङले तेस्रो पुरस्कार हात पारेका छन् ।

भेटान्स तर्फ भएको फाइनल खेलमा तनहुँका केवल न्यौपाने र मान बहादुर राना को जोडीले उपाधि जितेका छन् । उनीहरूले कास्कीका सम्भु लेष्ट र राजेन्द्र वाग्लेलाई हराउँदै नगद ३० हजार नगद, कप मेडल र प्रमाणपत्र हात पारेका छन् । उपविजेता बनेका राजेन्द्र र सम्भु ले नगद २० हजार र कप मेडल हात पारेका छन् । तेस्रो स्थानको पुरस्कार बुटबल ब्याडमिन्टन क्लबका गोपाल टन्डन र अशोक प्रधान तथा बुटबल ब्याडमिन्टन क्लबकै पंकज ज्ञवाली र दिलिप गौचनले जितेका छन् ।

भूपू तर्फको प्रतियोगिताको उपाधी चितवनका बेल लिष र कुसल गुरुङले हात पारेका छन् । उनीहरूले नगद ३० हजार नगद सहित कप र मेडल हात पारेका छन । चितवनकै योबहादुर गुरुङ र लोसन तामाङ उपविजेता बन्न सफल भए । प्रतियोगितामा पाल्पाका खेम सारू, डम्बर राना तथा पुरन घर्ती र थन्क सुर्यबँशी तेस्रो भए ।

यसैगरी, सुपर भेटान्स तर्फ बुटबलका राजु गुरुङ र सुदिप योजनले उपाधि जितेका छन् । उनीहरूले ३० हजार नगद, कप, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै, ३० ओभर को खेलमा कास्कीका बिसाल खडका र सुरज महर्जनको जोडीले उपाधि जितेका छन् । उनीहरूले नगद ३० हजार नगद सहित कप र मेडल हात पारेका छन् ।

क्लबका अध्यक्ष बबिन थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कास्कीका बिधान अधिकारीलाई सम्मान गर्ने बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, बुटबल ८ का वडा अध्यक्ष यज्ञ पँगेनी, कानूनी सल्लाहाकार कृष्ण रोक्का, वरिष्ठ उपाध्यक्ष ज्ञानु सारू, सचिव टिप राना लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।

≪ Previous Post

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

Next Post ≫

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क